• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

आज १६औं दोरम्बा हत्याकाण्ड दिवस, प्रचण्ड दोरम्बा जाँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज १६औं दोरम्बा हत्याकाण्ड स्मृतिदिवस मनाउँदै छ । २०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को बैठक बसिरहेका बेला सो घरलाई कब्जामा लिएर तत्कालीन जनसरकार प्रमुख बाबुराम लामसहित २१ जनाको हत्या गरिएको थियो । नेकपाले हरेक वर्ष साउन ३२ मा दोरम्बा हत्यकाण्ड स्मृतिदिवस मनाउँदै आएको छ । 

दोरम्बाबाट एक घन्टाको दूरीमा रहेको डाँडाकटेरीमा उनीहरूको सामूहिक हत्या गरिएको थियो । उनीहरूको हत्या भएको १६ वर्षपछि २१ जनाकै अर्धकदको सालिक निर्माण गरिएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दोरम्बामा हत्या भएका २१ जनाको सालिक अनावरण गर्ने कार्यक्रम छ । अध्यक्ष दाहाल सालिक अनावरणका लागि दोरम्बा जाने कार्यक्रम रहेको बताइएको छ ।

तत्कालीन शाही नेपाली सेनाका मेजर राममणि पोखरेलको नेतृत्वमा गएको टोलीले दोरम्बामा बैठक बसिरहेको घरलाई कब्जामा लिएर २१ जनाको हत्या गरेको थियो । दोरम्बा हत्याकाण्डकै कारण तत्कालीन अवस्थामा सरकार र माओवादीबीच दाङको हापुरेमा चलिरहेको शान्ति वार्ता भंग भएको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर