• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

दुम्सी मारेर खाने तिनजना पक्राउ 

पाल्पा । पाल्पामा जंगली जनावर दुम्सी मारेर खाने तीनजना पक्राउ परेका छन् । रिव्दीकोट गाउँपालिका–५, कुसुमखोला मरेडाँडाका बसन्तबहादुर खड्का, सोही गाउँपालिका–६ का भीमबहादुर गाहा र धनबहादुर गाहालाई दुम्सी मारेर खाएको आरोपमा प्रहरीले पक्राउ हो । 

डिभिजन वन कार्यालयको अनुरोधमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । दुम्सीको मासु काटेर सामाजिक सञ्जालमा राखेको देखेपछि त्यसैका आधारमा उनीहरूलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अर्जुन चापागाईंले जानकारी दिए । 

उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ । उहीहरूलाई  प्रतिव्यक्ति २० हजारसम्म जरिवानाका साथै एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने बताइएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर