• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

देश विकासका निम्ति सबै एकजुट हुन पूर्वप्रधानमन्त्री नेपालको आह्वान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका विदेश बिभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको विकासका निम्ति सबैलाई एकजुट हुन आह्वान गरेका छन् । नेता नेपालले शनिबार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै देश बिकासका लागि नागरिक, संघ—संस्था र सरकार एकसाथ जुट्नुपर्ने बताएका हुन् । 

सानो—ठुलो जस्तो सुकै काममा तीन मुख्य पक्षको भूमिका हुने भन्दै पूर्वप्रधानमन्त्री नेपालले नागरिक सुस्त भए सरकार पनि सुस्त हुने बताए । कहिलेकाहीँ धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने भन्दै तीन पक्षको हातेमालोले ठूलाठूला काम बन्न सक्ने बिश्वास व्यक्त गरे । 

पूर्व प्रधानमन्त्री नेपालले सरकारले गरेका कतिपय काम लामो अनुसन्धान र तयारीविना आएको भन्दै  चिन्ता पनि ब्यक्त गर्नु भयो । उनले कुन काम हतारमा आएको भन्ने स्पष्ट नभने पनि काठमाडौँको विकास निर्माण समयमा सम्पन्न गर्न र धुलो हिलो हटाउन स्थानीय स्तरबाट पनि काम गरिनुपर्ने बताए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले स्थानीय जनताले आपूmले गर्न सक्ने काम पनि सरकार आउला र गरिदेला भनेर नकुर्न आग्रहसमेत गरे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर