• सोमबार ६-६-२०७६/Monday 09-23-2019/ 12:50 pm

ट्रम्प र अफगानी उच्च सल्लाहकारबीचको छलफल ‘निकै सकारात्मक’ – व्हाइट हाउस

वासिंटन । अफगानी तालिबान समूहसँग शान्ति सम्झौताको तयारीबारेमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उच्च अमेरिकी सल्लाहकारबीच कुराकानी भएको र छलफल ‘निकै राम्रो’ भएको व्हाइट हाउस स्रोतले बताएको छ ।

राष्ट्रपति ट्रम्पलाई न्यू जर्सीस्थित आफ्नै गृहनगर बेडमिनिस्टरमा अमेरिकी सुरक्षा सल्लाहकारहरूसहित रक्षा मन्त्री मार्क एस्पर, विदेशमन्त्री माइक पोम्पेओ तथा सैनिक प्रमुख जनरल जोसेफ डनफोर्डबीच अफगानी शान्ति प्रक्रियाका बिषयमा भएको प्रगतिबारे जानकारी गराइएको थियो ।

 उक्त अवसरमा राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन र तालिवानी समूहसँग वार्ता गर्न जिम्मेवारी पाएका जाल्मे खालिलजादको पनि उपस्थिति थियो ।

डेपुटी प्रेस सेक्रेटरी होगान गिड्लीद्वारा ह्वाइट हाउसमा जारी विज्ञप्तिमा भनिएको छ, ‘अफगानी सरकार, तालिवान समूहसँग शान्ति तथा मेलमिलापका लागि भइरहेको हाम्रो वार्ताबारे केन्द्रित रहेको थियो भने कुराकानी सार्थक बनेको छ ।’

छलफलबारे राष्ट्रपति ट्रम्पले पनि शनिबार ट्वीटरमा लेखेका छन्, ‘अफगानिस्तानका बिषयमा भएको वार्ता भर्खरै सकिएको छ । १९ बर्ष लामो अफगानी युद्धमा अमेरिकी सहयोगमा बनेको अफगानी सरकारका विरोधमा रहेका धेरैजसो व्यक्ति तथा समूहहरू सम्भवभएसम्म सम्झौता गर्ने पक्षमा देखिएका छन् ।’

यससँगै अफगानिस्तानको शान्तिका लागि सम्झौता हुने सम्भावना बढेको छ  भने अमेरिकाले अफगानिस्तानमा लड्दै आएका आफ्ना १४ हजार सेनालाई फिर्ता गर्ने सम्भावना बढेको छ । वासिङ्टनले अफगानिस्तानबाट आफ्नो सेनालाई सकेसम्म छिटो स्वदेश फिर्ता गर्न चाहिरहेको छ ।

संयुक्त राष्ट्रसंघको तथ्याङ्कअनुसार गत बर्ष अफगानिस्तानमा ९२७ बालबालिकासहित तीनहजार ८०४ सर्वसाधारणको द्वन्द्वसम्बन्धी विभिन्न घटनामा परी निधन भएको थियो । 

यस्तै द्वन्द्वका कारण अफगानिस्तानमा यस बर्षको सात महिनामा दुई लाख १७ हजार नागरिक आन्तरिक तथा बाह्यरूपमा विस्थापित बनेका राष्ट्रसंघ मानवीय सहायता मामिला कार्यक्रमले जनाएको छ । द्वन्द्वका कारण अफगानिस्तानमा ठूलो मात्रामा मानवीय सहयोगको आवश्यकता पर्दै आएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

२०९ वर्ष पुरानो चिहानमाथि रेल्वे स्टेसन बन्ने, ६५ सय कंकाल निकालिँदै

  • ६ असोज, २०७६

बर्मिंघम । बेलायतको बर्मिंघमस्थित चिहानमाथि एचएसटु रेल्वे स्टेसन बन्ने भएको छ । रेल्वे स्टेसन निर्माणका लागि ६५ सय कंकाल निकाल्न थालिएको छ । कंकाल

तापक्रम विश्वव्यापी बढ्दै, नयाँ उपायको खोजी गर्न आग्रह 

  • ६ असोज, २०७६

एजेन्सी । विश्वव्यापी रुपमा उष्णता बढ्दै गएको जलवायु सम्बन्धी आइतबार प्रकाशित एक अन्तर्राष्ट्रिय रिपोर्टले देखाएको छ । जलवायु परिवर्तन सम्बन्धी

ट्रम्प र मोदीले गरे एक अर्काेकाे प्रशंसा

  • ६ असोज, २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकअर्काको प्रशंसा गरेका छन् । अमेरिकाको टेक्सासमा भएको