• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नेकपा सचिवालय बैठक भोलिलाई सर्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि (आइतबार) सम्मका लागि सारिएको छ । एकताको बाँकी काम पूरा गर्नका लागि थप छलफल गर्न थप छलफल गर्नपर्ने भएकोले बैठक सरेको नेकपाको बैठक सारिएको बताए । 

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने भनिएको बैठक भोलिसम्मका लागि सरेको हो । महासचिव पौडेलका अनुसार भोलि अपरान्ह ४ बजेसम्मका लागि बैठक सारिएको हो । 

यसअघि शुक्रबार ३२ केन्द्रीय विभागको जिम्मेवारी तोकिएको थियो । केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्युरो गठन, जनवर्गीय सङ्गठनका इञ्चार्ज र सहइञ्चार्ज निर्धारणको काम बाँकी छ ।  

सचिवालय, स्थायी कमिटी,  प्रदेश कमिटी, प्रदेश इञ्चार्ज, जिल्ला इञ्चार्ज र सहइञ्चार्ज, जनसङ्गठनका संयोजक र सहसंयोजक तथा जिल्ला र स्थानीय तह कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीको टुङ्गो लागिसकेको छ । अधिकांश जिल्ला र स्थानीय तहका कमिटीले पूर्णता पाइसकेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर