प्रदेशको नाम मिथिला हुनुपर्ने कलाकारहरुको जोड 

जनकपुरधाम । जनकपुरधामका कलाकारहरुले प्रदेश दुईको नाम मिथिला हुनु पर्नेमा जोड दिएका छन् । 

नेपालकै जेठो नाट्य संस्था मध्ये एक मिथिला नाट्य कला परिषद (मिनाप)को ४०औँ साधारणसभामा बोल्दे कलाकारहरुले प्रदेश दुईको नामाकरण मिथिला नै हुनुपर्नेमा जोड दिएका हुन् । 

४ दशक देखि मिथिलाको संस्कृति, पहिचान र भाषालाई केन्द्रविन्दु बनाएर अभियान चलाउदैँ आएको मिनापको ४०औं साधारण सभामा विभिन्न वक्ताहरुले सम्बोधन गर्नेक्रममा प्रदेश दुईको नाम मिथिला बाहेक अन्य स्वीकार्य हुन नसक्ने बताए । 

साधारणसभामा बोल्दै नेपाली कांग्रेस प्रदेश दुईका संसदीय दलका नेता रामसरोज यादवले मिथिला र मैथिलीको संस्कृति, पहिचान र भाषाको सवालमा स्पष्ट रहेकाले यसकालागि कुनै हालतमा पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे । 

नेता यादवले मिनापको भुमिकालाई सराहना गर्दै कुनैपनि बहानामा प्रदेश दुईको  पहिचानमाथि खेलवाड गर्न कसैलाई छुट नभएको टिप्पणी समेत गरे ।

मैथिली साहित्यकार रोशन जनकपुरीले मिथिला र मैथिलीको लागि प्रदेश दुईको नामाकरण र भाषाका लागि मिनापलाई फेरी अभियान चलाउन आग्रह गरे । साहित्यकार जनकपुरीले संघियता संस्कृति, पहिचान र भाषाको संरक्षण तथा सम्बद्र्धन समेत हुने उल्लेख गर्दै उनले यसका लागि अभियान मार्फत संघर्ष गर्ने आवश्यक्ताको खाँचो औल्याए । उनले प्रदेश दुईमा सम्पर्क भाषाको नाममा यहाँको मौलिकता संस्कृति, पहिचान र भाषामाथि अर्को भाषा लाद्ने षड्यन्त्र भइरहेकोले मिथिला र मैथिलीको लागि अझैपनि संघर्षको माध्यमले नै प्रदेशको नाम राख्नुपर्ने तर्क गरे । 

साधारणसभामा मिनिापका महासचिव शैलेन्द्र मल्लिकले वार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने  कोषाध्यक्ष अनिता रानी मण्डलले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर