सशस्त्र प्रहरीद्वारा १५ केजी चाँदी बरामद

जनकपुरधाम । पछिल्लो समय अवैधरुपमा चाँदी तस्करी धनुषामा मौलाएको छ ।

सशस्त्र प्रहरी बल धनुषाले ८ महिना भित्रमा करिब ३३ किलोग्राम अवैध चाँदी बरामद गरेको छ । विभिन्न समयमा अवैधरुपमा लैजादै गरेको चाँदी सहित विभिन्न व्यक्तिहरुलाई पक्राउ गर्दै आएतापनि चाँदी तस्करीमा भने कमी आएको छैन । 

भारतबाट अवैधरुपमा चाँदी ल्याउँदै गर्दा सशस्त्र प्रहरी बल धनुषाको गस्ती टोलीले भारत जयनगर भेलवा चोक बस्ने २७ वर्षिय बन्धु कुमार सिंहलाई शनिबार पक्राउ गरेको हो । उनलाई गस्ती टोलीले औरही गाउपालिका वडा नम्बर २ देउरीबाट पक्राउ गरेको सशस्त्र प्रहरी उपरिक्षक राजेश उप्रेतीले जानकारी दिए ।

अवैध रुपमा ल्याइएको १५ केजी चाँदी १० लाख ९३ हजार १ सय १० मूल्य बराबरको रहेको सशस्त्र प्रहरी बल धनुषाका प्रमुख राजेश उप्रेतीले बताए । यसका साथै पक्राउ परेका सिंहको संगबाट ज ८ प ९२३५ नम्बरको डिस्कोभर मोटरसाइकल समेत बरामद गरेको छ । 

यस अघि सशस्त्र प्रहरी धनुषाले जेठ २४ गते जनकपुरधाम वडा नम्बर २३ बिन्धीबाट १२।७ किलोग्राम र २०७५ साल मंसिर ५ गते जनकपुरधाम वडा नम्बर २५ लोहनाबाट ५ किलोग्राम चाँदी अवैध रुपमा लैजादै गर्दा नियन्त्रणमा लिएको थियो । 

सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका सिंह, अवैध चाँदी सहित ७५ हजार रुपैयाको मोटरसाइकल जनकपुर भन्सार कार्यालयलाई जिम्मा लगाइएको उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर