• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

रवि लामिछानेविरुद्द पुडासैनी परिवारको किटानी जाहेरी 

चितवन । प्रहरीको हिरासतमा रहेका संचारकर्मी रवि लामिछानेविरुद्ध केही दिन अघि मात्र आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको परिवारले किटानी जाहेरी दिएको छ । उनीसहित सहकर्मी युवराज कँडेल र रुकु भनिने अस्मिता कार्की विरुद्ध परिवारले किटानी जाहेरी दिएको हो । 

पुडासैनीको परिवारले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं मार्फत लामिछाने सहित पक्राउ परेका युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्की बिरुद्ध किटानी जाहेरी दिएको हो ।

पुडासैनीकी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफै उपस्थित भएर उजुरी दिएकी प्रहरीले जनाएको छ । १३ दिनको संस्कार सकिएपछि किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेकाको जाहेरीमा उल्लेख गरिएको छ ।

उनले मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारवाही गर्न माग गरेकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर