• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

चितवन प्रहरी प्रमुख भन्छन–‘धैर्यता गुम्यो भने कसैलाई छाड्दैनौं’

चितवनमा सुरक्षा व्यवस्था कडा 

चितवन । चितवनको सुरक्षा व्यवस्था झन् कडा पारिएको चितवन प्रहरीले जनाएको छ ।

चितवनका प्रहर्रीे प्रमुख एसपी दानबहादुर मल्लले आज देखि सुरक्षा व्यवस्था थप कडा पारिने बताएका छन् । उनले भने–‘हामीले अहिलेसम्म धैर्यता गुमाएका छैनौ, धैर्यता गुमाउनुपर्ने अवस्था आयो भने कसैलाई छाड्दैनौं ।’ उनले २ सय प्रहरी फिल्डका लागि तयारी अवस्थामा रहेको र बाँकी सुरक्षा फोर्स पनि तयारी अवस्थामा राखेको बताए । ‘केही तत्वहरु घटनालाई थप उत्तेजित बनाउन खोजिरहेका छन्,’ उनले भने, ‘होटल पनि सर्च गर्छौ, शंकास्पद लागे नियन्त्रणमा लिन्छौं ।’ उनले शान्तीपूर्ण धर्ना गर्न पाउने अधिकार रहेपनि जुलुस निकाल्ने र होहल्ला गर्नेलाई नछाड्ने चेतावनी दिए । 

त्यसैगरी चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले अनुसन्धानलाई प्रभावित हुने गरी प्रहरी कार्यालय र अदालत अगाडि होहल्ला गर्ने सबैलाई नियन्त्रणमा लिने बताएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी पन्तले आइतबारदेखी होहल्ला गर्ने जोकोहीलाई नियन्त्रणमा लिने बताए । उनले भने दुई दिन केही खुकुलो पारे पनि आइतबारदेखी सुरक्षामा कडाइ पारिएको बताए । उनले जिल्लालाई अशान्त बनाउनेलाई नछोडिने बताए । आइतबारदेखी होहल्ला गर्ने जो कोही होउन, सबैलाई नियन्त्रणमा लिएर कारवाही गरिने पन्तले बताए । उनले शान्तिपूर्ण आन्दोलनलाई सामान्य रुपमा लिने तर जथाभावी नाराबाजी गर्नेलाई नियन्त्रणमा लिइने बताए ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको बारेमा अनुसन्धान गर्न चितवन प्रहरीले न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेका साथै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई सोमबारसम्मका लागि थुनामा राख्न आदेश दिएको थियो । रवि लामिछानेका समर्थकले तीनदिन देखि निरन्तर प्रर्दशन गरिरहेका छन् । प्रर्दशनका क्रममा पटक पटक झडप भएको थियो भने प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर