• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

रुँदा के साँच्चै मन हलुका हुन्छ त ? 

बिबिसी । हामी किन ‘रुन्छौँ’ ? किनकि रोएपछि मन हल्का हुन्छ । यद्यपि, सार्वजनिक स्थलमा रुनुलाई कमजोरीको संकेतको रूपमा लिन्छौँ । तर, एक शोध समूहले यी दुवै बुझाईलाई गलत बताएको छ । 

बेलायती नेत्री थेरेसा मेले डाउनिङ स्ट्रिटमा बेलायतको प्रधानमन्त्रीको पदबाट राजीनामा दिने घोषणा गर्दै गर्दा उनको आँखामा छछल्किरहेको आँशुमा उनको संघर्ष स्पष्ट देखिन्थ्यो, जसलाई लिएर विश्वभरीका सञ्चारमाध्यममा समाचार शीर्षक बन्यो । 

यो भावुक दृश्यले एक राजनीतिज्ञलाई त्यो भन्दा पर राखेर एक मानवको रूपमा हेर्न समाचोलकहरूलाई बाध्य बनायो । मेका केही आलोचकहरूले भने त्यो भावुकतालाई लिएर सहानुभूतिको झट्का महशुस गरेको स्विकारे । 

क्यामेराको अगाडि ठीकठाक देखिनुले मेको प्रतिष्ठामा निक्कै सकारात्मक प्रभाव पारेको सबैलाई थाहा छ । सार्वजनिक स्थलमा उनको भावना यसरी पोखिनु तपाईलाई आश्चर्यको कुरा नहुनसक्छ, किनकि यो कुरा तपाई रुवाइ प्रतिको व्यक्तिगत बुझाईमा भर पर्छ । तर, क्विनस्ल्यान्ड विश्वविद्यालयका मनोवैज्ञानिकको एक समूहका अनुसार रुवाइप्रतिको तपाईंको आफ्नो व्यक्तिगत बुझाइले तपाईको रुवाइको प्रवित्ति र अनुभवहरूलाई आकार दिन्छ । 

लिहा सरम्यान, अध्ययन प्रमुख र उनको समूहले हालै एक जर्नलमा लेखेका छन्, ‘कुनै व्यक्ति जुन फ्रिक्वेन्सीका साथ रुन्छ, रोइसकेपछि के महसुस गर्छ ? वा त रुँदा अर्को भावनात्मक घटनाको सामना गर्न सहयोग गर्छ ? भन्ने कुरा रुवाइप्रति उसको मान्यता र अपेक्षाहरूले प्रभाव पार्ने सम्भावना हुन्छ, जसमा सामाजिक स्थिति र अनुभवहरू कारक हुन्छन् ।

कति सम्भाव्यता छ भनी खोज्न सरम्यान र उनको समूहले रुने मान्यताहरूको पहिलो मानकीकृत परीक्षणको तयारी गरे । उनीहरूले सबैभन्दा पहिले स्वयमसेवकहरूको एक सानो समूहलाई खुल्ला प्रश्न गरे– तपाईको विचारमा अरूको अगाडि रुनुले के अर्थ दिन्छ ? 

त्यसपछि उनीहरूले ४० वटा प्रश्नावलीको एक पोल बनाए, जसमा ‘रोएपछि म एक भावनात्मक मुक्ति महसुस गर्छु’ देखि ‘अरूको अगाडि रुनुले मलाई असुरक्षित महसुस गराउँछ’ सम्मका थिए । सयबढी सहभागी रहेका यी दुई समूह अनलाइन स्वयमसेवकले सात वटा पाइन्टमा आफ्नो सहमति जनाए । 

रिम्यान र उनको समूहले यी जवाफहरूबाट यी प्रमुख तीन प्रकारकार रुवाइप्रतिको बुझाईलाई उत्पादन गरे–

एक्लै रुनु लाभदायी हुन्छ : जसको बुझाई यसमा पर्यो, उनीहरू ‘जब म डराएको महसुस गर्छु, रुँदा मद्दत मिल्छ’ वा ‘लामो समयपछि रोएपछि म राम्रो महसुस गर्छु’जस्ता बयानसँग सहमत थिए । 

एक्लै रुनु फाइदा जनक हुँदैन : ‘एक्लै हुँदा रुँदा मेरो अवस्था झनै खराब बन्छ’, ‘म रोएपछि नराम्रो महशुस गर्छु’ जस्ता जवाफ परे । 

सार्वजनिक स्थलमा रुनु लाभदायी हुँदैन : ‘म अपरिचितको अगाडि रुनु लज्जा महसुस गर्छु’, ‘सहकर्मीहरूका अगाडि रुदा मलाई मूल्यांकन गरिएको महसुस गर्छु’ । 

सरम्यानको निष्कर्षले रुवाइबारे मानिसको धारणाका बारेमा पहिलो व्यवस्थित प्रमाण प्रस्तुत गर्छ । यद्यपि, उनीहरू धेरैजसो गोरा र पश्चिमी मानिसको धारणालाई राखिएको छ । 

एक्लै रुनु लाभदायी हुने तथ्यलाई लिएर अध्ययनमा सहभागीहरूले बराबर मत राखे, अर्थात् न सहमत नै थिए न विमत नै । यसबीच, एक्लै रुनाले फाइदा हुँदैन भन्ने धारणासँग भने असहमत थिए । यी पहिलो दुवै कारकहरूको जवाफलाई एकसाथ राख्दा प्रतियोगीहरूको विश्वासलाई कुल मिलाएर एक्लै रुदा धेरै नोक्सान हुन्छ भन्ने सम्भावना कम हुन्छ र यो सहायक पनि हुनसक्छ भन्ने बुझिन्छ । 

रुवाइका बारेमा सन् १९८५ देखि १४० वर्षसम्म ७२ लोकप्रिय मिडियामा प्रकाशित लेखको मनोवैज्ञानिक रेन्डोल्फ कोर्नेलियसद्वारा गरिएको विश्लेषणमा ९४ प्रतिशतले रुनुलाई फाइदाजनक बताएको पाइयो । यति मात्रै होइन, केही प्रसिद्ध विद्वानहरू तथा चिकित्सकहरूले रुनुको ‘क्याथर्टिक’ फाइदाहरूबारे घोषणा गर्ने काम नै गरे । जस्तै हेन्री मउडस्ले भनेका छन्, ‘त्यस्ता दुख जसले आशूमा बाटो पाउँदैन, अन्य अंगलाई चाँडै रुवाउँछ ।’

तर, सरम्यानको सोधमा भने मनोवैज्ञानिकहरूले उल्टो ढाँचा पत्ता लगाए, जसमा मन हुलका हुनेभन्दा उल्टो र रुवाइले कहिलेकाही अझ बढी नराम्रो महशुस गराउने बताए ।

उदाहरणका लागि, लरेन बाइल्स्मा र उनको समूहरद्धारा सन् २०११ मा प्रकाशित एक रात्री डायरी अध्ययनमा मानिसहरूको मुड रोएपछिका दिन अझ नराम्रो रहेको पत्ता लगाए । दुई दिनसम्म मुड अध्यारो रहने उनीहरूले बताए । यस्तै, दुखान्त चलचित्र हेर्दै रुनु पनि अत्याधिक मुड खराब हुनुसँग जोडिएको हुन्छ । 

सार्वजनिक स्थलमा रुँदा फाइदा नहुने सम्बन्धमा भने सरम्यानको सोधले सहभागीको औसत प्रतिक्रिया बराबरीमा आएको पाइयो । यस विरोदाभाषले सार्वजनिक रूपले रुनुको प्रभाव जटिल पनि हुनसक्छ वा लिंगअनुसार यसको प्रभाव फरक पर्न पनि सक्छ भन्ने तर्फ संकेत गर्छ । 

उदाहरणका लागि, सन् २०१६ को एक अध्ययनमा नरुनेभन्दा रुने व्यक्ति कम सक्षम र कम बुझ्ने पाइयो । तर, तिनै शोधकर्ताहरूद्धारा गरिएको अध्ययनमा भने रुने व्यक्तिमा बुझ्ने क्षमता कम हुन्छ भन्ने उस्तै निष्कर्ष निकाल्नमा विफल रहे ।

अन्य सोधहरूमा सामाजिक सन्दर्भको महत्वलाई पनि उजागर गरिएको छ । केही सोधले कार्यालयमा महिला कर्मचारीको रुवाइलाई नरम स्वभावलाई कारण देखाइएको छ । त्यस्तै केही शोधमा जो नकारात्मक परिस्थितिको शिकार बने ती पुरुष कर्मचारी पनि रुन्छन् भन्ने पत्ता लाग्यो । 

यद्यपि, यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने पुरुषको तुलनामा महिलालाई कम सक्षम मानिन्छ, चाहे उनीहरूले जस्तोसुकै काम गरेका हुन् । उदाहरणका लागि, टिलबर्ग विश्वविद्यालय र अन्य अधययनमा, कहिल्यै नरुने महिलाहरूलाई नरुने पुरुषमात्रै होइन, जो पुरुष रुन्चे छन्, उनीहरूभन्दा पनि कम सक्षम मानिने निष्कर्ष निकालेका छन् । 

यसका बाबजुद पनि, सार्वजनिक स्थलमा रुनुका थुप्रै फाइदाहरू छन् भन्ने पर्याप्त प्रमाण छन् । रुँदा अरूबाट भावनात्मक समर्थन वा साथका लागि प्रोत्साहन गर्छ । जस्तै, रोइरहेको जोकोहीलाई सहयोग गर्छौ र उसलाई सहयोग गर्न इच्छुक पनि हुन्छौँ । थेरेसा मेको आशु(रुवाइ)का लागि पनि ठूलो संख्यामा सार्वजनिक सहानुभूतिपूर्ण प्रतिक्रियालाई सूचित गरिएको छ । 

सरम्यानको अध्ययनमा व्यक्तिहरूबीचको रुवाइको रोचक अन्तर पनि देखिएका छन् । जस्तै, जो व्यक्ति आफ्नो भावनासँग नजिक थिए, बढी भावनात्मक रूपले प्रस्तुत हुने र भावनात्मक समर्थनका लागि अर्कोमाथि धेरै भर पर्थे, उनीहरूको मान्यता थियो कि रुनु व्यक्तिगत वा सार्वजनिक रूपले फाइदाजनक छ । 

त्यस्तै, अर्कोतर्फ जो व्यक्तिले रुनु बेफाइदाजनक छ भन्ने विश्वास व्यक्त गरे, उनीहरू कम भावुक र भावनालाई नियन्त्रण गर्न संघर्ष गर्छन् भन्ने निष्कर्ष शोधको छ । 

शेध समूहको तर्क छ– हाम्रो रुवाइप्रतिको दृष्टिकोण र हाम्रो व्यवहारबीच अन्तर–सम्बन्ध हुन्छ । ‘यो सम्भव छ कि जो व्यक्तिहरू रुनुलाई अस्वीकार्य मान्छन् वा उनीहरू रुनेहरू सकारात्मक सहानुभूति पाउँ भन्ने सोच्छन् भन्नेमा विश्वास गर्छन्, उनीहरू भावना व्यक्त नगर्ने प्रयासमा आफ्नो भावनालाई दबाउने गर्छन्’ 
। 

रुवाइप्रति हाम्रो दृष्टिकोण, हाम्रो व्यवहार र हाम्रो अनुभवबीच एक गतिशील अन्तर सम्बन्ध हुन्छ । यदि तपाई सार्वजनिक स्थलमा रुनु लज्जास्पद मान्नुहुन्छ भने तपाई त्यसलाई दर्दनाक अनुभव बन्ने बुझ्नुहुन्छ । 

कसैको मस्तिष्क पढ्ने प्रयास गर्दा हामी निक्कै सतर्क रहन आवश्यक हुन्छ, तर सायद, थेरेसा मेको सामान्य शान्त आचरण रुवाइ र अन्य भावनात्मक तत्व प्रतिको उनको नकारात्मक धारणामा आधारित थियो । 

यद्यपि, त्यो रुवाइ उनको राजनीतिक करिअरलाई फाइदा पुर्याउनका लागि निक्कै ढिला भइसकेको हुनसक्छ । तर, उनले डाउनिङ स्ट्रिटमा झारेको आशुलाई लिएर आएका थुप्रै भावनात्मक प्रतिक्रियाबाट धेरै फाइदा पुग्छ भन्ने सिकेको हुनुपर्छ । 

‘यो निक्कै राम्रो हुनसक्छ’, सरम्यान र उनको समूहले लेखेका छन्, ‘रुनुलाई लिएर आ–आफ्नो बुझाई वा विश्वास परिवर्तन भइरहनेछन्, किनकि एक व्यक्तिले रोएर फरक सामाजिक र पारस्परिक परिणामहरूको अनुभव गर्छ ।’

(बिबीसीमा प्रकाशित डक्टर क्रिस्टियन जरेटीद्वारा लेखिएको यो लेख लिहा सरम्यानको ‘रुवाइ’सम्बन्धी अध्ययनमा आधारित छ । जरेटी मनोविज्ञानसम्बन्धी विषय प्रकाशित गर्ने पत्रिका ‘एइअन’का सम्पादक हुन्)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर