मुख्यमन्त्री कार्यालयद्वारा शिक्षा र कृषि निर्देशनालयमा छड्के

बुटवल । प्रदेश पाँचको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमवार  मातहतका कार्यालहरुको छड्के गरेको छ । आफू मातहतका कार्यालयहरुको अनुगमन तथा निरिक्षणमा तिव्रता दिने क्रममा  बुटवलमा रहेका शिक्षा निर्देशनालय र कृषि निर्देशनालयको छड्के गरेको छ । मुख्यमन्त्री कार्यालयबाट खटिएको टोलीले विहान १० बजे देखि साढे १० बजे सम्म उक्त कार्यालयहरुको छड्के गरेको हो । 

छड्केको क्रममा कृषि विकास निर्देशनालयमा २१ जना कर्मचारीमध्ये ६ जना अनुपस्थित रहेको पाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । उपस्थित अन्य सबै कर्मचारीहरु कार्यालय समयभित्रै उपस्थित भएको र ड्रेसमा समेत रहेको पाइएको पनि जनाइएको छ ।

त्यस्तै शिक्षा निर्देशनालयका २३ जना कर्मचारीमध्ये १३ जना कर्मचारीहरु कार्यालयको पूर्वस्वीकृत लिएर एसइइ को पुरक परिक्षाको लागि विभिन्न  १२ वटा जिल्लामा खटिएको र अन्य सबै कर्मचारी नियमित समयमै उपस्थित रहेको पाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री कार्यालयले आफू मातहतका कार्यालयहरुको निरन्तर अनुगमन र छड्के गर्न थालेपछि प्रदेश मातहतका कार्यालयहरुमा कर्मचारीहरुको उपस्थितीमा सुधार आएको दावी मुख्यमन्त्री कार्यालयको छ । छड्के तथा अनुगमन कार्यलाई निरन्तरता दिने र कार्यालयहरुलाई नमुना बनाइने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सुचना अधिकारी यमकान्त पाण्डेयले जानकारी गराए ।
    
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर