कर्णाली विकासको मार्गमा अघि बढेको छ –राष्ट्रियसभा अध्यक्ष

सुर्खेत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले कर्णाली विकासको मार्गमा अघि बढेको भन्दै स्रोत र साधनको अधिकतम उपयोग गर्न आग्रह गरेका छन् ।

कर्णाली प्रदेशसभाको चौथो अधिवेशनको २३ औँ बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्र निर्माणको बलियो आधार अब कर्णालीको जल, जंगल, जमिन र जडीबुटी हुने पनि बताए ।

केन्द्रीकृत शासन प्रणालीले गर्न नसकेको कामलाई यथोचित पार्न मुलुक संघीय संरचनामा गएको बताउँदै उनले सुखी नेपाली र समृद्ध नेपाल निर्माणमा कर्णाली प्रदेशको महत्वपूर्ण भूमिका रहने बताए।  सिँचाइ, खानेपाली माछापालन र पर्यटनलाई जरुरी परियोजनाको अभिन्न अंगका रूपमा लिएको खण्डमा विकासको प्रतिफल सोझै जनताको हातमा पर्ने  उनको तर्क छ। 

 डोल्पा र हुम्लामा पर्यटनको प्रचुर सम्भावना डोल्पा र हुम्लाको माथिल्लो भेग पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको भन्दै उनले कर्णालीका गाउँ सुनसान हुने गरी युवा कालापाहाड जानुपर्ने अवस्थाको अन्त्य हुने दाबीसमेत गरे। 

सुर्खेत जुम्ला सडक स्तरोन्नति, कोहलपुर सुर्खेत ४ लेन सडक, सुर्खेत सिमिकोट हिल्सा सडक योजनाले वाह कर्णाली भन्ने दिन आउने उनको दाबी छ। साथै विकासका परियोजनाको निरन्तर अनुगमम अनुगमनको आवश्यकता औँल्याए।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर