बुटवलमा सामाजिक सुरक्षा कोष सम्बन्धी अभिमुखीकरण

बुटवल । रुपन्देही उद्योग संघले आफ्ना सदस्य उद्योगीहरुका लागि एक दिने भिसीटिएस, प्यान तथा सामाजिक सुरक्षा कोष सम्बन्धी अभिमुखीकण कार्यक्रम सम्पन्न गरेको छ । सरकारले वजेटमार्फत ल्याएका नया नियम र प्रावधानका विषयमा जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा तीन वटै विषयमा विस्तृत रुपमा छलफल गरिएको थियो । 

कार्यक्रमको उद्धघाटन गर्दै उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्री लिला गिरिले सरकारले उद्योग व्यवसायीहरुलाई धाराशाही बनाएर कुनै पनि प्रणाली तथा ऐन कानुन नबनाउने बताए । उद्योग र उद्योगी व्यवसायीको सुरक्षामा राज्यले सधै अग्रपंक्तीमा बसेर काम गर्ने कुरामा विश्वस्त हुन आग्रह गरे । 

कार्यक्रममा सामाजिक सुरक्षा कोषकी प्रबक्ता तथा निर्देशक रमा भट्टराई, संघका अध्यक्ष गणेशप्रसाद अधिकारी, महासचिव कृष्णप्रसाद पराजुली, राजश्व अनुसन्धान विभागका निर्देशक रामप्रसाद रेग्मी, आन्तरिक राजश्व कार्यालय, बुटवलका कर अधिकृत अर्जुन ढकाल, संघका निर्वतमान अध्यक्ष दिनेशराज रेग्मी लगायत बोल्दै विभिन्न धारणा राखेका थिए । 

संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले सरकारले ल्याउने नीति तथा कार्यक्रमहरुका बारेमा समयमा उद्योगी व्यवसायीहरुलाई जानकारी गराउन सकेमा समस्या समाधान गर्न सहज हुने धारणा राखे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर