• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

इटहरीको १८ नम्वर वडालाई वालमैत्री वडा घोषणा

इटहरी । इटहरीको १८ नम्वर वडालाई वालमैत्री वडा घोषणा गरिएको छ । कृर्षि तथा पशुपंक्षी विकास राज्य मन्त्री रामकुमारी चौधरीले एक समारोहका विच वालमैत्री वडा घोषणा गरे ।

वडा नम्वर १८ वालमैत्री वडा घोषणा हुने इटहरीकै पहिलो वडा हो । घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री चौधरीले वालवालिकालाई अघि वढाउन नसके समाज अघि वढन नसक्ने वताए । १८ नम्वर वडा इटहरीकै पहिलो वालमैत्री वडा भएकोमा उहाँले वधाई ज्ञापन गरे ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले वडा नम्वर १८ वाट सुरु भएको वालमैत्री घोषणा अभियानलाई सवै वडामा पुरयाएर वालमैत्री उपमहानगर घोषणा गरिने बताए । वडानम्वर १८ का वडाध्यक्ष रामकुमार चौधरीले ३९ वटा सूचक पूरा गरेर वालमैत्री वडा घोषणा गरिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर