• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

ट्वीटर र फेसबुकले गलत सूचना प्रवाह गर्ने चिनियाँ एकाउन्ट डिलिट गर्दै

एजेन्सी । हङकङमा चलिरहेको राजनीतिक संकट र प्रजातन्त्रको पक्षमा भइरहेको प्रदर्शनलाई निरुत्साहित गर्नका लागि गलत सन्देश दिने एकाउन्टलाई फेसबुक र ट्वीटरले धमाधम डिलिट गर्न थालेको छ । 

ट्वीटरले ९३६ वटा एकाउन्ट खारेज गरेको छ । ती एकाउन्टहरु चीनबाट सञ्चालित रहेको र त्यसमार्फत हङकङमा भइरहेको प्रदर्शनको आधिकारिकता र राजनीतिक हैसियत कम गर्ने प्रयास भएको ट्वीटरले उल्लेख गरेको छ । 

गलत सूचना प्रवाह गर्ने एकाउन्टहरु ट्वीटर र फेसबुकले डिलिट गर्ने अभियान चलाएका छन् । यसबाट हङकङको राजनीतिक अवस्थाबारे गलत सूचना रोक्न सकिने उनीहरुको विश्वास छ ।

फेसबुकले पनि सातवटा पेज, तीनवटा ग्रुप र पाँचवटा एकाउन्ट ‘रिमुभ’ गरेको जनाएको छ । यस्ता गतिविधिमा संलग्नहरुले आफ्नो पहिचान लुकाउन चाहेको भए पनि आफूहरुको अनुसन्धानले उनीहरु चीन सरकारसँग सम्बन्धित रहेको खुलेको जनाइएको छ ।

ट्वीटर र फेसबुक दुवैले यस्ता अरु पनि एकाउन्ट तथा पेज या ग्रुपहरु रहेको र त्यसबारे अनुसन्धान भइरहेको बताएका छन् । आफूहरुका माध्यम गलत सूचना प्रवाह या बिस्तारका लागि प्रयोग हुन नदिनका लागि प्रतिबद्ध रहेको उनीहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर