• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

एक महिलाको पेटमा डेढ किलो गहना भेटिएपछि.......

एजेन्सी । हिजाेआज धेरै अचम्मका घटना भइरहेका हुनछन् र केही मानिस सामाजिक सञ्जालमा चर्चित हुनलाई अनेक काम गरिरहेका हुनछन् भने केही यस्ता घटना आइरहेका हुन्छन् । 

भारतको बंगालमा यस्तै अचम्मको घटना भएको छ । जुलाईको अन्तिम हप्तामा एक महिलाको पेटबाट डेढ किलो गहना निकालिएको छ । उनी केही समयदेखि पेट दुखेर अस्पताल भर्ना भएकी थिइन् । 

२५ जुलाईकाे दिन  पश्चिम बंगालको वीरभूमि जिललाको एक अस्पतालमा चिकित्सकले महिलाकाे शल्यक्रिया गर्ने क्रममा डेढ किलो सुनका गहनाहरु निकालेका थिए  । यो देखेर चिकित्कस पनि छक्क परेका थिए । तर ती महिलाको स्वास्थ्य स्थिति र मानसिक सन्तुलन ठीक थिएन ।  

डाक्टरले बताएअनुसार उनको पेटमा ५ र १० को ९ वटा सिक्का, सिक्री नथिया, झुम्कालगायतका गहना थिए । तीमध्ये  कुनै गहना सुनका हुन् भने चाँदी र पितलका । महिलाकी आमाले बताएअनुसार घरमा राखिएका गहनाह केही महिनादेखि हराइरहेका थिए । आमाले छाेरीलाइ गहनाबारे सोध्दा ती महिलाले कुनै जवाफ दिएकी थिइनन् । उनी सधैं पेट दुख्यो भनेर रुने गरेकी थिइन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर