• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

दमकको लाइफलाइन अस्पतालका नर्स आन्दोलित, सेवा प्रभावित

झापा । पेसागत हकहितलगायतका विभिन्न माग राख्दै झापाको दमकस्थित लाइफलाइन अस्पतालका नर्सहरू आन्दोलित भएका छन् ।

आइतबारदेखि अस्पतालमा कार्यरत एक सयभन्दा बढी नर्सहरू विभिन्न सेवासुविधाको माग राख्दै आन्दोलित भएका हुन् । कार्यरत नर्सहरू आन्दोलित भएपछि अस्पतालको नियमित सेवा प्रभावित हुन पुगेको छ ।

उनीहरू काम छोडेर माग पूरा गराउन आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आइतबार आफ्ना मागका बारेमा अस्पताल प्रशासनलाई लिखित ज्ञापनपत्र बुझाएका थिए । आन्दोलनका कार्यक्रमअन्तर्गत नर्सहरूले सोमबार अस्पताल परिसरमा विभिन्न प्लेकार्ड बोकेर नाराबाजीका साथ प्रदर्शन गरेका थिए । 

आन्दोलन संघर्ष समितिकी संयोजक मेलिना सुब्बाले नर्सहरूका माग पूरा गराउन दबाबमूलक संघर्षका कार्यक्रम सुरु गरिएको वताइन् । माग सुनुवाइ नभएसम्म काममा नफर्किने संयोजक सुब्बाले चेतावनी दिइन् । उनले भनिन, ‘नर्सहरूका आधारभूत सेवा, सुविधा सम्बोधन नभएसम्म आन्दोलन रोकिन्न् ।’ 

आन्दोलनमा उत्रिएका नर्सहरूले अस्पताल प्रशासनले करारमुक्त गरिएका सम्पूर्ण नर्सहरूलाई पुनर्बहाली हुनुपर्ने, तलव वृद्धि गर्नुपर्ने, आर्थिक शोषण बन्द गर्नुपर्ने, सवै कर्मचारी ससम्मान व्यवहार गर्न, पदअनुसार कामको व्यवस्था गर्न माग अघि सारेका छन् । अस्पतालका अधिकांश नर्सहरूले न्यून ज्यालामा काम गर्दै आएका छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर