• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

एसियन सेन्ट्रल भलिबल : आज पनि तीन खेल हुँदै

काठमाडौं । काठमाडौमा जारी एसियन सेन्ट्रल जोन मेन्स भलिबल प्रतियोगितामा आजपनि तीन खेल हुदैछन । आज समुह बी अन्तर्गत बंगलादेश र अफगानिस्तान विच प्रतिस्पर्धा हुनेछ भने अर्को खेल तुर्कीमिनिस्तान र उज्वेकिस्तान विच हुनेछ । यस्तै आजको अन्तिम खेल कीर्गिस्तान र माल्दिभ्स विच हुनेछ ।

लगनखेल स्थित आर्मीको कोर्टमा हुने पहिलो खेल दिउसो ३ बजे हुनेछ । पहिलो खेलमा पराजित भएको अफगानिस्तान आज बंगालदेश विरुद्ध जितको खोजीमा हुनेछ । यदि आजपनि उसले हार ब्यहोरेमा प्रतियोगिताबाट बाहिरीनेछ ।
यस्तै बंगलादेशपनि आजको खेलमा पराजित भएको खण्डमा उ घर फर्किनेछ । 

पहिलो खेलमा बंगलादेश उज्वेकिस्तानसँग पराजित भएको थियो । यो खेलको विजेता टिमका लागि अर्को चरणको संभावना कायमै हुनेछ । तर उसले अन्तिम खेलमा जित निकाल्नु पर्ने हुन्छ । आजै हुने समुह बी को अर्को खेलमा तुर्कीमिनिस्तान र उज्वेकिस्तान विच प्रतिस्पर्धा हुनेछ । यस्तै आज समुह ए अन्तर्गत कीर्गिस्तान र माल्दिभ्स विच प्रतिस्पर्धा हुनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर