• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

रविविरुद्ध संसदमा शान्ता चौधरीको चेतावनी, असंवैधानिक नारा रोकियोस्

फाइल फाेटाे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद शान्ता चौधरीले रवि लामिछाने पक्राउ पछि चितवनमा भएको प्रदर्शनले अनुसन्धानमा नै प्रभाव पार्न सक्ने बताएकी छिन् । मंगलबार संसदको बैठकमा उनले चितवनका सडकमा भइरहेका गतिविधिले अनुसन्धान प्रभावित पार्न सक्ने सांसदहरुले बताएका छन् ।

 ‘को दोषी को निर्दोष भन्ने सवाल चलिरहेको बेला अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही मान्न सकिदैन, ‘यस्तो बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ ।’ उनले भिनिन् ।

त्यस्तै उनले चितवनका सडकमा गैरसंवैधानिक नारा सुनिन थालेको भन्दै भनिन्, ‘अहिले चितवनका सडकमा प्रदर्शनका क्रममा गैरसंवैधानिक खालको नारा लाग्न थालेको पनि सुन्न आएको छ । त्यसलाई तुरुन्त नियन्त्रण गर्न नेपाल सरकार लागि परोस्’ उनले भने, ‘राज्यले कुनै पक्षबाट पनि प्रभावित नभइ निष्पक्ष रुपमा छानबिन गर्नुपर्छ ।’

यो पनि पढ्नुहोस

चितवन प्रहरी प्रमुख भन्छन–‘धैर्यता गुम्यो भने कसैलाई छाड्दैनौं’

रवि लामिछानेको मुद्दा अब कसरी अघि बढ्छ ?

रवि लामिछानेविरुद्द पुडासैनी परिवारको किटानी जाहेरी

 

बैठकमा नेकपा सांसद हितबहादुर तामाङले पनि चितवनको सडकमा गैरसंवैधानिक खालको नारा लागिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि प्रहरीले आत्महत्यालाई दुरुत्साहन अभियोगमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेपछि त्यसको विरोधमा चितवनमा नारावाजीसहितको विरोध भइरहेको छ । 

 

दुरुत्साहन मुद्दा: मोरङमा एक जना थुनामा, केही धरौटीसहित पुर्पक्षमा

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर