• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नाङ्गो खुकुरी देखाएर ओली, प्रचण्ड र देउवालाई मार्ने धम्की दिने मैनाली पक्राउ

काठमाडौं । नेपालको राजनीतिक अवस्थाप्रति इङगित नेता त्रय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवालाई गाली गर्ने व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । 

सामाजिक सञ्जाल फेसबुकमा धारिलो खुकुरी देखाएर नेतात्रयलाई गाली गरेको आरोपमा बारा सिमराका २८ वर्षीय सागर मैनालीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी वैदेशिक रोजगारीबाट नेपाल फर्किएका व्यक्ती हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले राबाट पक्राउ गरेर काठमाडौं ल्याइएको महाशाखाकाले जनाएको छ । 
मैनालीमाथि प्रहरीले विद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाउनेछ । मैनालीले फेसबुकमा अपलोड गरेको भिडियोमा नेताहरुलाई ‘काट्ने, मार्ने’ धम्की दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर