• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

७० वर्षदेखि लगातार एकै किसिमको पहिरन... 

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यको प्लुमस क्षेत्रमा बसोवास गर्ने फ्रान्सिस र रोजमेरीले विगत ७० वर्षदेखि उस्तै रङ (म्याचिङ) को कपडा लगाइरहेका छन् । यी दुवैको पहिलो भेट निम्न माध्यमिक विद्यालयमा भएको थियो । माध्यमिक विद्यालयमा पढ्दादेखि नै उनीहरूले एकै किसिमको लुगा लगाउन सुरु गरेका हुन् जो अहिलेसम्म जारी छ । 

उनीहरू दुवैले आगामी महिनाको विवाहको ६८औं वर्षगाँठ मनाउने तयार गरेका छन् । फ्रान्सिस र रोजमेरी क्लोन्तज उनीहरुले लगाउने लुगाबारे तबदेखि सतर्क छन्, जबदेखि विद्यालयमा रहँदा उनीहरुले डेट जान सुरु गरेका थिए । रोजमेरी त्यो दिन अहिले पनि सम्झिन्छिन् जुन दिन पहिलोपल्ट उनकी आमाले उनीहरु दुवैलाई म्याचिङ टी–सर्ट दिएकी थिइन् । 

फ्रान्सिस र रोजमेरी केही दशकसम्म प्लुमस लेक क्षेत्रको चर्चमा पनि सँगसँगै जाने गर्थे । फ्रान्सिस भन्छन्, जब मैले रोजमेरीलाई पहिलोपटक देखेँ, उनी संसारकै सुन्दर वस्तु लाग्यो । जब हामी माथिल्लो कक्षामा पुग्यौँ, अनि हामी सँगसँगै घुम्न थाल्यौं । हामी एकअर्काको साथमा बाहिर पनि जान थाल्यौं । हामी दुवैले १९ वर्षको उमेरमा विवाह गरेका हौं ।’

रोजमेरी भन्छिन्, ‘फ्रान्सिसलाई कपडा छनोट गर्न बिलकुलै आउँदैन । फ्रान्सिस भन्छन्, ‘मैले कहिल्यै यस कुराको पर्वाह गरिनँ कि कुन लुगा लगाउन हुन्छ र कुन हुँदैन । उनले मेरो छेउमा जे राखिदिन्छिन्, म त्यही लगाउने गर्छु । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर