• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

एक नमूना पुल जसले पुरै देशलाई नै शोकमा डुबायो

तस्विर : बिबीसी

हेलेन ग्रेडी/एलिस जिओइआ/बिबीसी । इटालीको जेनोभामा रहेको माेरान्डी पुलमाथि दैनिक हजारौँ संख्यामा सवारी साधन गुड्ने गर्थ्यो । यो पुल भत्किएको गत १४ अगस्टमा एक वर्ष पुगेको छ । उक्त दुर्घटनामा थुप्रै गाडी ४५ मिटर अग्लो पुलबाट तल खसे, जसमा ४३ जनाको मृत्यु भएको थियो । यस दुर्घटनाबाट प्रत्यक्ष प्रभावित ७ जनाको कहानी पढ्नुहोस् :

पुल भत्किनु एक दिनअघि अर्थान् सन् २०१८, १३ अगस्टका दिन इम्यानुएल डियाजआफ्नो भाई हेनरीसँग मोरान्डी पुलबाट गइरहेका थिए । इम्यानुएल मनोविज्ञानको अध्ययनका लागि कोलम्बिया जाँदैथिए र उनको भाई हेनरी उनलाई विमानस्थलसम्म पुर्याउँन गइरहेका थिए । 

‘हामी छुट्टिने वाला थियौँ । मैले हेनरीलाई अंगालो हालेर भने – तिमीलाई धेरै माया गर्छु । मलाई एक प्रकारको बेचैनी भइरहेको थियो, उसलाई छोडेर जान मन मानिरहेको थिएन । उसले मलाई भनेको अन्तिम वाक्य थियो – इम्यान्युअल अब म जानुपर्छ’, इम्यानुअल भन्छन् । 

‘मलाई लाग्छ, सायद हाम्रो भाग्यमै यस्तै लेखिएको थियो । जिन्दगीले हामीलाई एक–अर्कालाई ‘अलविदा’ भन्ने मौका दियो । म सँधै उसलाई अंगालो लगाइरहन चाहान्थे ।’

अर्को बिहान बोगाटामा इम्यानुअल आफ्नो अर्को उडानका लागि कुरिरहेका थिए । त्यहाँ उनले जेनोआको पुल भत्कियो भन्ने समाचार सुने ।

‘केही भयंकर भयो भन्ने मलाई लाग्यो । हामी दुई दाजुभाईबीच एक विशेष नाता थियो । मैले हेनरीको एउटा तस्विर हेरे र सोचे ‘म किन तिमी मदेखि टाढा गइसकेको छौँ भन्ने महशुस गर्छु’ । अब ऊ मसँग रहेन भन्ने महशुस गरे ।’

‘जब म म्यानल्याण्ड पुगे, मैले उसलाई, साथीहरुलाई र इटलीमा रहेको आमासँग सम्पर्क गर्ने प्रयास गरे । तर, म निराश भए । म घरदेखि करिब १४ हजार किलोमिटर टाढा थिए । मैले अनलाइनमा समाचार खोज्न थाले । हामीसँग एक पहेलो रंगको कार थियो, जसलाई टाढैबाट चिन्न सकिन्थ्यो ।’

‘मैले फेसबुकमा एक लाइभ स्ट्रिम भिडियो हेरे, त्यहाँ रोडाघारीबाट एक पहेलो रंगको कार निकालिँदै थियो । मैले थाहा पाए मेरो भाई अब यो संसारमा रहेन । कारको अवस्था हेर्दा थाहा हुन्थ्यो कि त्यसमा सवार कोही बाच्ने अनुमानसम्म लगाउन सकिँदैन । मेरा गोडा शक्तिहीन बने र म भुईमा थच्किए ।’

इम्यानुएल डियाज

पाओलो डी’ओवितियो(उप अभियोजनक) गर्मी छुट्टी बिताएर फर्किरहेका थिए । उनले आफ्नो फोन घरमै बिर्सिएका थिए र उसले यही कुरा भन्न आफ्नी श्रीमतीलाई फोन गरे । 

उनकी पत्नीले टिभीमा समाचार हेर्न भनिन् र मोरान्डी पुल भत्किएको बताइन् । उनी भन्छन्, ‘म तुरुन्तै घर गए, आफ्नो फोन लिए र प्रहरी कहाँ पुगे । घटनाको एक घण्टाभित्र हामी घटनास्थल पुग्यौँ । त्यहाँ अग्नी नियन्त्रक, प्रहरी, चिकित्सक र पत्रकार उपस्थित भइसकेका थिए ।’

‘त्यो दृश्य आज पनि आँखाकै अगाडी घुम्छ । लगातार पानी परिरहेको थियो । म हताश थिए । मानिसहरु चिच्याइरहेका थिए । रोइरहेका थिए । दुर्घटनामा ज्युउँदै र मरेको मानिस खोज्ने कुकुर लगाइएको थियो । तल पुलको ठूला–ठूला टुक्रा लम्पसार थिए । पुलमा एउटा गाडी झुन्डिरहेको थियो, जसमा एक चालक फँसेका थिए ।’

‘हाम्रो अगाडी स्पष्ट थियो कि हाम्रो पहिलो काम जीवित मानिसलाई बचाउने र हामीले त्यहीबाट मामिलाको जाँच गर्न सुरु गर्यौँ ।’

डेविड कापेलो

पुल भत्किएको देख्ने पहिलो प्रत्यक्षदर्शी थिए डेविड कापेलो । दुर्घटनाको समयमा उनी पुलमाथि आफ्नो फोक्सवेगन टिगुआन कारमा सवार थिए । उनी पुलमाथि चढेको मात्रै थिए, उनले कुनै धातु पछारिएको ठूलो आवाज सुने । 

‘त्यो कुनै विस्फोटको आवाज जस्तै थियो । यस्तो लाग्यो कि धातुको कुनै ठूलो सामाग्री खस्यो । त्यसपछि पुल बीचको एक भाग नै भत्किएर तल खस्यो । केही बेरसम्म मलाई पत्तै भएन के भइरहेको छ । मेरै अगाडी पुल भत्किइरहेको देखे । मेरो अगाडी उभिएका गाडीहरु पुलबाट तलतिर खसिरहेका थिए । 

‘मैले तुरुन्तै ब्रेक लगाए र कार रोक्ने ठूलो प्रयास गरे । तर, मलाई थाहा भयो अगाडी सडक नै थिएन । मेरो कार अब हावामा थियो र म तल खसिरहेको थिए । मैले हात स्टेयरिङ व्हीलबाट हटाए र म मर्न आँटे भनेर चिच्यिाइरहेको थिए । यी सबै घटना बस् केही सेकेन्ड भित्रै भयो कि मैले डराउने समय पनि पाइन । मानिस कति लाचार हुन्छ भन्ने मलाई लाग्यो । सबै कुराको अन्त्य भइरहेको थियो ।’

‘तर मेरो भाग्य बलियो थियो । म भत्किएको पुलको माथि कारसँगै बजारिएको थिए । मेरो कारको पछिल्लो भाग जमिनसँग ठोक्कियो । कुनै मिसाइल आएर पुलसँग ठोक्किएको जस्तो लागिरहेको थियो । म जिउँदै थिए भन्ने बुझ्न मलाई समय लाथ्यो । म २० मिनेटसम्म कारभित्रै थिए । वरीपरी टुक्राटुक्रा बनेका कार थिए र कारभित्र मानिसहरु देखिन्थे । त्यो दृश्य युद्ध जस्तो थियो ।’

मिम्मा सर्टो दुर्घटनाको समय पुलको ठिक तल आफ्नो फ्ल्याटमा थिइन् । उनले पनि एक ठूलो विस्फोटको आवाज सुनिन् । 

‘म नुहाईरहेको थिए । मलाई लाग्यो यो बादल गर्जेको आवाज हो । तर, यो आवाज थामिने नाम लिइरहेको थिएन । फलामको चट्टान एक–अर्कासँग ठोक्किएको जस्तो लागिरहेको थियो । गल्लीबाट चिच्याएको आवाज सुनियो ।’

‘मैले झ्याल खोलेर हेर्दा नदीमा कार एक–एक गरी खसिरहेको देखे । पुल एकाएक गायब भइरहेको देखे र म स्तब्ध बनेको थिए । आफ्नो झोला र जुत्ता बोकेर तुरुन्तै बाहिर निक्लिए । मैले आफ्नी बहिनीलाई फोन गरे र दृर्घटनाको एक तस्विर लिए, किनकि मोरान्डी पुल भत्कियो भन्ने कसैले विश्वास गर्ने थिएनन् ।’

मिम्माकी बहिनी ऐना रिटा सर्टो कामले गर्दा घर बाहिर थिइन् । दुवै दिदी–बहिनीको उमेर ६० वरपर छ । दुवैले सन् १९६० को दशकमा आफ्नै आँखा अगाडी पुल बनेको देखेका छन् । 

‘यो मेरो बाल्यकालको हिस्सा थियो । यो पुलमुनि हामी खेलेका छौँ । जब देशका राष्ट्रपति पुलको उद्घाटनका लिए आए, हामी वास्तुकलाको एक अद्भूत उदाहरणको मुनि बस्छौँ भन्ने लागेको थियो । यो पुल इटालीको विकासको प्रतिक थियो ।’

‘जब मैले दुर्घटनाको तस्विर हेरे मसँग कसैले मजाक गरेको जस्तो लाग्यो । मैले बाल्यकालदेखि यो पुललाई हेर्दै आएको छु । मेरो सबैभन्दा राम्रो साथी कसैको मृत्युको कारण कसरी बन्न सक्छ भन्ने सोचिरहे’, रिटा भन्छिन् । 

कार्मेलो जेन्टाइल

संरचना इन्जिनियर कार्मेलो जेन्टाइल इटलीदेखि करिब एक हजार माइल टाढा युनानमा छुट्टी मनाइरहेका थिए । उनले आफ्नो भाइमार्फत दुर्घटनाको सुचना पाए । 

उनी भन्छन्, ‘म्यासेज पाएपछि म एकछिन शून्य बने । २० मिनेटसम्म के भइरहेको छ भन्ने नै थाहा भएन । मेरो दिमागले काम नै गरिरहेको थिएन ।’

एक वर्षअघि मात्रै उनी आफ्नो टिमसँग मिलेर पुलको पुनरउद्धार गर्ने योजना बनाइरहेका थिए । यो काम सेप्टेम्बरबाट सुरु हुँदै थियो, तर पुल एक महिनाअघि अगस्ट मै भत्कियो । 

‘हामीले पुलको शक्ति मापन गर्न सेन्सर्सको प्रयोग गर्यौँ । पुलको जुन भाग भत्कियो त्यसमा गम्भिर समस्याहरु थिए । एक इन्जिनियरको रुपमा जब हामी कुनै यस्तो संरचना देख्छौँ जो असामान्य छ वा तय सीमाभन्दा बढी वा उल्टो छ, त्यसको पुष्टि गर्नका लागि हामीले अझ परिक्षण गर्नुपर्ने हुन्छ । र जति सक्दो चाँडो यसको मर्मत गरिहाल्नुपर्छ ।’

पुलको रेख–देख गर्ने नीजि कम्पनी अटोस्ट्रेडको भनाई छ – पुलको अवस्थाबारे लगातार नजर लगाइएको थियो र बीच–बीचमा जाँच पनि चलिरहेको थियो । तर, कुनै पनि जाँचमा पुललाई तुरुन्तै ध्यान दिनुपर्छ भन्ने कुरा आएको थिएन । 

पाओलो डी’ओवितो

डिप्युटी अभियोजक पाओलो डी’ओवितो र उनको समूहले दुर्घटनासँग जोडिएका प्रमाण भेला गरे । उनीहरु यसलाई न्यायाधीशको अगाडी प्रस्तुत गर्नेछन् । यस सम्बन्धमा उनीहरु आला अधिकारीदेखि लिएर इन्जिनियर तथा प्राविधिकसम्म करिब ८० जनाको भूमिकाको बरोमा जाँच गरिरहेका छन् । 

डी’ओवितियो ओटोस्ट्रेडलाई पुल कुनै पनि समय भत्कन सक्छ भन्ने थाहा थियो त भन्दैनन्, तर पुलको जोखिमलाई सही मुल्यांकन गरिएको थिएन, जुन अपराध हो भन्ने उनी मान्छन् । 

प्रमाणका लागि उनले भत्केको पुलको नमूना र केही दस्तावेज जफत गरेको डी’ओवितियो बताउँछन् । पुलको जाँचबाट थाहा भयो कि कन्क्रिटभित्रको स्टिल नराम्ररी गलिसकेको उनी बताउँछन् । 

‘पुल नाजुक अवस्थामा थियो । कसरी यतिका वर्षसम्म उभिन सक्यो भन्ने कुराले आश्चार्यचकित पाछ’, उनी भन्छन् । 

यद्यपि, ओटोस्ट्रेड कम्पनीसँग जोडिएको जाँचकर्ता भने यी दावीलाई अस्विकार गर्छन् । न त पुलको जिर्ण बनेको कुनै प्रमाण छ, न पुलभित्रको धातु उभिन नसक्ने गरी खराब भएको उनीहरु दावी गर्छन् । 

पाओलो डी’ओवितियो भन्छन् – दोष कोमाथि लगाउँ रु यो उनीहरुको गल्ती हो, जसले पुललाई लिएर काम गर्नु पर्नेथियो, तर उनीहरुले गरेनन् । ज–जसले खर्च वा जाँच गर्नुपर्ने थियो उनीहरुले गरेनन् । 

यस मामिलामा अभियोजक संदिग्धहरुमाथि हत्याको आरोप लगाउने तयारी गरिरहेका छन् , तर अदालतको फैसला आउन केही लामो समय लाग्नसक्छ । गत जुन महिनामा पुलको बाँकी भाग विस्फोटक लगाएर भत्काइएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर