• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

पाकिस्तानी क्रिकेटर हसन अलीले गरे भारतीय युवतीसँग विवाह

एजेन्सी । काश्मिरका विषयलाई लिएर भारत र पाकिस्तानबीचको सम्बन्ध बिग्रिएका बेला पाकिस्तानी क्रिकेटर हसन अलीले भने भारतीय युवतीसँग बिहे गरेका छन् । हसनले भारतीय युवती शामिया आरजूसँग विवाह गर्दै दुवै देशलाई प्रेमको सन्देश दिएका छन् । 

पाकिस्तानका तीव्र बलर हसन अलीले भारतको हरियाणाकी शामिया आरजूसँग मंगलबार दुबईमा विवाह गरेका हुन् । उनीहरू दुईको पहिलो भेट गत वर्ष भएको थियो । शामिया पेसाले एयरहोस्टेस हुन् ।

हसन अली भारतीय युवती विवाह गर्ने चौथो पाकिस्तानी क्रिकेटर हुन् । उनीभन्दा अघि जहिर अब्बास, मोहसिन खान र सोएब मलिकले पनि भारतीय युवतीसँग बिहे गरेका थिए । 
हसन अलीले विवाहको पूर्वसन्ध्यामा ट्विट गर्दै आफ्नो एक तस्बिर पोस्ट गर्दै लेखेका थिए– ‘लास्ट नाइट एज ब्याचलर... ।’

हसल अलीलाई भारतीय युवतीसँग विवाह गरेकोमा बधाईको ओइरो लागेको छ । शुभचिन्तकहरूले उनलाई वैवाहिक जीवनको शुभकामना दिएका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर