• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

‘नेकपाभित्र धेरै खिचडी पाक्याे, अध्यक्ष नै गुट बनाउन लागे’–हरिबोल गजुरेल

मुख्य नेतृत्व नै अनुशासनमा नबसेपछि अरूलाइ बस् भनेर कसले मान्छ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य हरिबोल गजुरेलले सरकारको काम प्रभावकारी नभएमा जनतामा ठूलो निराशा पैदा हुने र त्यही निराशाका कारण विभिन्न जटिलता आउने बताएका छन् । 

समाचार दैनिकको स्टुडियोमा बुधबार दिउँसो कुराकानी गर्दै नेता गजुरेलले पार्टीभित्र धेरै खिचडी पाकेको भन्दै पछिल्लो समय एकताको समीकरण बन्ने र भत्काउने प्रयासले पनि पार्टीलाई केही हानी गरेको तर्क गरे । उनले नेकपाको नेतृत्वले यो परिस्थितिबाट अघि बढ्नका लागि कुनै बोल्ड निर्णय गर्नपर्ने बताए । 
उनले भने–‘असन्तुष्टहरुलाई पनि नेतृत्वले हेर्नुपर्छ । काम  नगरेपछि नेतामा मात्र नभएर जनतामा पनि असन्तुष्टि छ । काम गर्नेको असन्तुष्टिलाई पार्टीले सम्बोधन गर्नुपर्छ ।’

नेता  गजुरेलले पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डले राम्रोसंग मिलेर निर्णयहरु गरिदिएको भए हुने तर्क गरे । दुवै अध्यक्षहरु समीकरणतर्फ लागेको कारणले पार्टी कमजोर भएको उनको तर्क थियो । ‘एक वर्षसम्म एकता नहुनु, कार्यकर्ता परिचालन नहुन सामान्य घाटा हो ?’ उनले प्रश्न गरे ।

पार्टीका शीर्ष नेताहरु नै वरियताको विवादमा फस्न थालेको भन्दै यो प्रक्रिया झाँगिँदै तल्लो तहसम्म पुग्ने र यसले पार्टीलाई भद्रगोल गराउने नेता गजुरेलको तर्क छ । उनले भने–‘माथिको ले नै यस्तो गरेपछि अब तलकोले गर्दैन ?’ उनले प्रश्न गरे । दुई अध्यक्ष नै समीकरणको पछि लागेको कारणले यो अवस्था सिर्जना भएको बताए । 

उनले नेकपाभित्र विचारको बहस हुनै छाडेको तर्क गरे । ‘जबज को के मतलब ? माओवादको के मतलब अहिले । अहिले कहाँ हुन्छ माओवाद र जबजको बहस ?’ उनले भने–‘मिडियामा अलि अलि आउँछ । त्यो आफ्नो इन्ट्रेस्ट पूरा गर्नका लागि आउने हो ।’

विचारको बहस नहुने भन्दै नेकपामा स्वार्थको बहस मात्र हुन थालेको स्पष्ट पारेका छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर