तिन महिना भित्रै निर्माण कार्य थालनी गर्ने गरि काम गर्नुस : मुख्यमन्त्री शाही 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले अवको तिन महिना भित्रै निर्माण कार्य थालनी गर्ने गरि योजना कार्यन्वयन प्रक्रिया अगाडि वढाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । भौतिक पुर्वाधार विकास मन्त्रालयको जिम्मेवारी लिए पश्चात पहिलो पटक बुधवार मन्त्रालय पुगेका मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन् । 

मुख्यमन्त्री शाहीले भोली देखि नै वजेट कार्यान्वयनको तयारी शुरु गर्न निर्देशन दिँदै भने–‘पहिलो महिना भित्र सर्भे, डिजाईन, स्टीमेटको काम पुरा गर्ने, दोश्रो महिना सार्वजनिक खरीद तथा टेण्डरको कार्य पुरा गर्ने र तेश्रो महिनादेखि निर्माण कार्यको काम अगाडि वढाउने गरि काम थालनी गर्नुस ।’

मुख्यमन्त्री शाहीले योजना निर्माण तथा वजेट विनियोजनको कार्य सम्पन्न भएको महिनौं वितिसक्दा पनि मन्त्रालयले कार्यान्वयनको प्रक्रिया शुरु नभएकोप्रति आफनो ध्यानाकर्षण भएको बताए ।

भौतिक पुर्वाधार विकास मन्त्रालयको गतवर्षको प्रगति निराशाजनक रहेको भन्दै मुख्यमन्त्री शाहीले जनतालाई संघीय व्यवस्थाको फाईदा अनुभुति हुने गरि मन्त्रालयले कार्यसम्पादन गर्नुपर्ने बताए ।

पहिलो पटक भौतिक पुर्वाधार विकास मन्त्रालय पुग्नुभएका मुख्यमन्त्री शाहीलाई प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारी, मन्त्रालयका सचिव दानरत्न शाक्य तथा मन्त्रालयका कर्मचारीहरुले अविरमालाले स्वागत गरेका थिए । 

नक्कली वैंक ग्यारेण्टी पत्र जारी गरेको अभियोगमा अदालतले पक्राउ गर्न आदेश दिएपछि गएको साता मुख्यमन्त्री शाहीले साविकका भौतिक पुर्वाधार विकास मन्त्री खडकवहादुर खत्रीलाई वर्खास्त गरि सो मन्त्रालयको जिम्मेवारी आफैले लिने निर्णय गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर