• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नयाँ बसपार्कको होटलमा विवाहित जोडी मृत फेला

महिलाका श्रीमान वैदेशीक रोजगारीमा

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित मोरङ पर्वत गेस्ट हाउसमा एक जोडी महिला र पुरुष मृत अवस्थामा फेला परेका छन् । बुधबार दिउँसो उक्त गेस्ट हाउसको कोठा नं १११ मा उनीहरु मृत फेला परेका हुन् ।  

चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएर अनुसन्धान थालिएको छ । कट्टु मात्र लगाएको अवस्थामा युवतीको शव खातको तलपट्टी र युवकको खाटमाथि भेटिएको प्रहरीले जानकारी दियो । 

प्रहरीका अनुसार, उनीहरु राति ११ बजे होटलमा बसेका थिए । दिउँसो १ बजेसम्म पनि नस्किएपछि प्रहरी बोलाएर होटलको ढोका खोल्दा नग्न अवस्थामा मृत भेटिएका थिए । 

पुरुष र महिला दुवै विवाहित हुन् । महिलाका श्रीमान् वैदेशिक रोजगारीमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर