रविलाई भेट्न अभिनेत्री स्वेता चितवनमा , लेखिन् यस्तो स्टाटस

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सार्वजनिक भिडियोको कारण प्रहरी हिरासतमा रहेको पत्रकार रवी लामिछनोलाई भेट्न अभिनेत्री स्वेता खड्का चितवन पुगेकी छन् ।

आफु रवीको समर्थनमा रहेको र उनलाई भेट्न गएको  फेसबुकमा स्टाटस लेख्दै जानकारी दिएकी छन् । 
उनले लेखेकी छन् :

"यो अँधेरो केहिबेरको लागी मात्र हो , भोली बिहान फेरी सुर्य उदाउने छ र नयाँ द्रुश्य छर्लङ्ग देखिनेछ " आदरणीय रवी लामिछाने दाईसंग आज भरतपुर कारागारमा भेट्दा उहाँले बोलेको यो वाक्यले मेरो मन छोयो । 
कसुर सावित नभएतापनी कसुरवार सरह जिवन यापन गरिरहेका रवी दाइसंगको २ मिनेटको त्यो भेटमा उहाँले मेरो स्वास्थ्य अवस्था मात्र होईन सिन्धुपाल्चोकमा निर्माणाधिन माझी बस्तिको बारेमा पनि सोध्न भ्याउनुभयो । 
म, रवी दाईसंग जेल भित्र २ मिनेटको भलाकुसारी गरिरहंदा बाहिर उनै रवी दाईको समर्थनमा घन्किरहेको केहि नाराहरुले हामी बिचको संवादमा अवरोध खडा गरिरहेको थियो । ३६ डिग्री को उग्रतापमा गुन्जिरहेको " हाम्रो देश, हाम्रो रवी , प्राण भन्दा प्यारो छ " भन्ने आवाजलाई म स्पस्ट सुनिरहेको थिएँ । त्यही आवाजका बिचमा हाम्रो संवाद चलिरहेको थियो ।
*************************************
निस्चित अवधिभित्र, समुहमा भेट्नुपर्ने नियमानुसार हाम्रो ठुलो टोली रवी दाईलाई भेट्न गएका थियौ । रवी दाईलाई कैदीको रुपमा टाढैबाट पहिलो द्रुश्य मेरो आँखामा पर्दा मनमा चसक्क काँडा बिझेसरी भएको थियो ।

त्यती खेरै मैले सम्झें, केहि बर्ष अगाडी मैले रवी दाईको बारेमा सम्प्रेशण गरेको लेख । रबी लामिछाने जस्ता न्यायिक ब्यक्तिको पक्षमा लेखिएको मेरो त्यो लेखको सिर्सक भित्र लुकेको भावलाई नपढी धेरै ब्यक्तीले मलाई नकारात्मक प्रतिकृया दिए । मलाई अपाच्य हुनेखालका अपशब्दहरु प्रयोग गरिए । तर म , सँधै न्याय र सामाजिक हितको पक्षमा उभिने एउटी अवला नारी । मैले आजसम्म कुनै राजनैतिक दलको सदस्यता लिइनँ र कुनै ब्यक्तिलाई कुनै एउटा राजनैतिक दलको कार्यकर्ताको रुपमा ब्यवहार वा सोही अनुरुपको संगत गरिंन । मलाई मानवियता भन्दा कुनै दल , धर्म वा बर्ग ठुलो छ जस्तो कहिल्यै महुसुस भएन । जतिखेर मैले "रवी लामिछाने दाई जस्तो असल ब्यक्ती सतिले सरापेको यो देशमा काम छैन र उहाँलाई टुँडिखेलमा लगेर फाँसी दिईनुपर्छ " भन्ने लेख सम्प्रेशण गरेको थिएँ त्यो बेला नेपाली कँग्रेसको सरकार थियो र मलाई त्यसबेला कंग्रेसका झोलेहरुले नेकपा एमाले या माओवादीको दिएका थिए । आज म , रवी दाईलाई चितवनामा भेटेर फर्किरहँदा यतिखेर नेकपा को सरकार छ । अब म ढुक्क छु , मलाई नेकपाका केहि झोले कार्यकर्ताहरुले अब नेपाली काँग्रेस वा राजावादी दलको वात लगाउनेछन । मलाई कहिले काँग्रेस , कहिले एमाले या माओवादीका साथै राजावादी दलको सकृय कार्यकर्ताको वात लाग्नु कुनै नौलो पनि रहेन । यदी ''राम्रो मान्छेलाई हाम्रो मान्छे'' को रुपमा लिंदा कुनै दल वा वर्गको आरोप लाग्छ भने म त्यो आरोपलाई सहर्श स्विकार गर्न तयार रहन्छु । मलाई आरोपका कुनै कुराहरुले फरक पर्ने वाला छैन । म न्यायप्रेमी नारी , म स्वतन्त्रताको पक्षधर । मलाई निस्पक्ष र निस्कपट छानविनको अन्तिम निर्णय मान्य हुनेछ । सालिकराम पुडासैनीकी बिधुवी श्रीमती सम्झना पुडासैनीको उजाड सिउँदो र रवी लामिछाने दाईकि निर्दोश श्रीमती निकिता पौडेलले पनि न्याय पाउनु पर्छ । न्याय नडगमगाओस । जे भएको हो त्यही देखोयोस , जे वितेको हो त्यही लेखिओस । न्यायलय प्रतिको हाम्रो आस्था, बिस्वास र भरोसा ओइलाएर नजाओस । मेरो कामना ।????????

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर