• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नेकपाका बैठककाे अध्यक्षता अब प्रचण्डले गर्ने

काठमाडाैं  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालयको आगामी बैठकको अध्यक्षता अबदेख अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले गर्ने भएका छन् । बालुवाटारमा बिहिबार बसेको नेकपा सचिवालय बैठकले सचिवालय, स्थायी तथा केन्द्रीय समितिका बैठकको अध्यक्षता प्रचण्डले गर्ने उनकाे सचिवालयले जानकारी दिएकाे छ ।

यस अघका सवै बैठकहरू अध्यक्ष केपी शर्मा ओलीले संचालन गर्दै आएका थिए ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर द्दिअध्यक्षात्मक व्यवस्थामा गएकाे नेकपामा प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले बैठकको अध्यक्षता गर्दै आएका थिए । प्रधानमन्त्रीसमेत रहेका ओली उपचारका लागि सिंगापुर जानुअघि बसेको नेकपा सचिवालय बैठकमा यो निर्णय गरेकाे हो ।

बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँ सिङ्गापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

 बैठकले सांगठनिक एकताका बाँकी कामबारे छलफल भए पनि ठोस निर्णय नभएको र छिट्टै अध्यक्ष प्रचण्डले बैठक आह्वान गरी निर्णय लिइने प्रवक्ता  श्रेष्ठले बताए ।  नेकपामा प्रवास कमिटी, महानगरहरुको नेतृत्व, पोलिट्व्युरो गठन, अन्य केन्द्रीय सदस्यहरुको कार्यविभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर