• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

शिमोगा ओपन दोश्रो अन्तराष्ट्रिय कराँते च्यामपियनसीपमा भाग लिने खेलाडीको विदाई

तस्वीर सौजन्य : विनोद कटुवाल

काठमाडौ । भारतको कर्नाटकमा हुने शिमोगा ओपन दोश्रो अन्तराष्ट्रिय कराँते च्यामपियनसीप २०१९ मा भाग लिने खेलाडीहरुलाई बिदाई गरिएको छ । 

कर्नाटक प्रदेशको शिमोगा जिल्लामा अगष्ट महिनाको २४ र २५ तारिखमा सम्पन्न हुने उक्त्त च्यामपियनसीपमा सार्क राष्ट्रका खेलाडीहरुले सहभागिता जनाउने छन् । नेपालको तर्फबाट नेपाल गोजुकाइ कराते डो संघका उपाध्यक्ष अच्युतराज उप्रेतीको नेतृत्वमा खेलाडीहरु अनिश श्रेष्ठ र जोगमेहर लामाले उक्त खेलमा आफ्नो सहभागिता जनाउने छन् ।

टिम मेनेजर अच्युतराज उप्रेती सहितको टोलीलाई संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक अशु राज श्रेष्ठ, महासचिब तथा सह प्रमुख प्रशिक्षक इन्द्र बहादुर शाही खड्गी तथा संघका पदाधिकारीहरुले बिदाइ गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर