धितोपत्र बोर्डको विज्ञ सदस्यमा भीष्मराज ढुँगाना

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले धितोपत्र बोर्डको विज्ञ सदस्यमा  भीष्मराज ढुँगानालाई नियुक्त गरेका छन् । 

बोर्डको विज्ञ सदस्यको पद करिब ६ महिनायता रिक्त थियो । निलबहादुर सारु मगरले सो पदबाट अवकाश प्राप्त गरेपश्चात रिक्त रहेको उक्त पदमा ढुँगानाले नियुक्ति पाएका हुन् ।

राष्ट्र बैंकको विदेशी विनिमय विभागको प्रमुख भएर लामो समय काम गरेका ढुँगाना नेपाल स्टक एक्सचेञ्जको पदेन सदस्य समेत रहेका थिए । उनी तीन महिनाअघि राष्ट्र बैंकबाट अवकाश प्राप्त गरेका हुन् । स्रोतका अनुसार उनलाई धितोपत्र बोर्डको आगामी अध्यक्ष बनाउने गरी विज्ञ सदस्यमा नियुक्त गरिएको बताइन्छ । 

आगामी कात्तिक १ गतेदेखि हाल बोर्डका अध्यक्ष रहेका डा. रेवत बहादुर कार्कीको कार्यकाल सकिंदैछ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर