नेकपाद्वारा प्रदेश २ को नाम जानकी र राजधानी धनुषा प्रस्ताव

जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश २ को नाम र राजधानीका लागि प्रस्ताव दर्ता गराएको छ । नेकपाले प्रदेशको नाम जानकी र राजधानी धनुषासहितको प्रस्ताव दर्ता गराएको हो । 

नेकपा प्रदेश २ को संसदीय दलको नेता सत्यनारायण मण्डलको नेतृत्वमा नेकपाका नेताहरूले प्रस्ताव दर्ता गराएका हुन् । प्रदेशको नाम मिथिला राख्ने अडानमा रहँदै आएको नेकपाले संसदीय दलको बैठकबाट प्रदेशको नाम जानकी प्रदेशका लागि प्रस्ताव दर्ता गराएको हो । त्यस्तै, राजधानीका लागि जनकपुरधामको परिक्रमा मार्गसहित पूरै धनुषा जिल्लालार्इ प्रस्ताव दर्ता गराइएको हो । 

यता, प्रदेशको नाम र राजधानीको प्रस्ताव के गर्ने विषयमा राजपा, समाजवादी पार्टी र नेपाली काङ्ग्रेसको बैठक जारी छ । राजपा र समाजवादी पार्टीले सँगै प्रस्ताव दर्ता गराउने तयारी गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर