• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

२२ वर्षअघि गाडिएको लाश जस्ताको त्यस्तै बाहिर निस्किएपछि...(भिडियाे)

एजेन्सी । भारतकाे उत्तर प्रदेश राज्यकाे बान्दा जिल्लामा एक अचम्म लाग्दाे घटना भएकाे छ । २२ वर्षअघि चिहान बनाएर गाडिएको एक व्यक्तिको लाश जस्ताको त्यस्तै बाहिर निक्लिएको खबरले भारतीय सञ्चारमाध्यम तातिएका छन् ।

बान्दा जिल्लाको बबेरु गाउँमा मुसलधारे पानी परेपछि गाउँको अनर्रा रोडस्थित घसिला पोखरी नजिकैको चिहानघारीको माटो बग्याे जसपछि एउटा कफनमा लाश जस्ताको त्यस्तै बाहिर निक्लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

'न्युज१८'काे खबरलाइ मान्ने हाे भने हेर्दा हेर्दै थुप्रै मानिस जम्मा भएर उक्त कफनलाई खोल्दा २२ वर्ष पहिले गाडिएको लाश जस्ताको त्यस्तै देखेपछि त्यहाँ उपस्थित सबै अचम्ममा परेका थिए । कफन अलिकति पनि फोहोर नलागेकाे अवस्थामा भेटिएकाे बताइएकाे छ । 

मृत्यु हुनअघिसम्म पेशाले हजम ५५ पर्षीय नसीर अहमद नामक उक्त बान्दा जिल्लाको बबेरुमा एक पसल खाेलेर बसेका थिए । नसीरको कुनै पनि सन्तान नभएको मृतकका एक आफन्तले बताएका छन् । 

यसै घटनाको एक भिडियो ‘न्यूज१८’ले सार्वजनिक गरेको छ । भिडियोमा लाशलाई निकालेर अन्यत्रै गाड्नका लागि निकालिँदै गरेको देख्न सकिन्छ ।

एक प्रत्यक्षदर्शी तथा मृतकका आफन्तले आफूहरुले नै २२ वर्षअघि उसलाई गाडेको बताइरहेका छन् भने उक्त लाशलाई निकालेर अर्को चिहानघारीमा गाड्ने बताइरहेका छन्  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर