सामान्य घटेको बजारमा अधिकांश सुचक राताम्मे

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसुचक नेप्से सामान्य घटेको छ । आज नेप्से सुचक शुन्य दशमलव ९९ अंकले घटेर १ हजार २ सय १३ दशमलव ०६ को बिन्दुमा बजार बन्द भएको छ । 

सुचकसँगै आज कारोबार रकम पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार १७२ कम्पनीको २६ करोड १६ लाख ७० हजार २ सय ३ रुपैयाँको १० लाख ७७ हजार ७२० कित्ता सेयर किनबेच भएको छ । 

यसदिन सबैभन्दा बढी एनआइसि एशिया बैंकको सेयर किनबेच भएको छ । बैंकको एक करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै प्रभु बैंकको एक करोड ६६ लाख रुपैयाँ र कृषि विकास बैंकको एक करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

बिहीबार सबै लघुवित्तको सेयर भाउ सर्वाधिक उच्च अंकले बढेको छ । लघुवित्तको सेयर भाउ ५ दशमलव ९६ प्रतिशतले सेयर बढेको छ । आजैबाट सेयर कारोबार शुरु भएको सबैको लघुवित्तको सेयर मुल्य प्रतिकित्ता १८ रुपैयाँले वृद्धि भई ३२० रुपैयाँ कायम भएको छ । त्यसैगरी, सर्वाधिक गुमाउनेमा सिर्जना फाइनान्सका सेयरधनी रहेका छन् । फाइनान्सको सेयर मुल्य ४ दशमलव ७४ प्रतिशतले घटेको छ । 

यता, कारोबारमा आएका अधिकांश समूहको सुचक नकारात्मक रहेका छन् । आज होटल, जीवन बीमा, लघुवित्त र  अन्य समूहको सेयर भाउ वृद्धि भएको छ भने बाँकी समूहको सुचक घटेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर