कर्णेल उजिरसिंह थापा र राष्ट्रिय स्वाभिमान विषयक विचार गोष्ठी सम्पन्न

पाल्पा । नेपाल अग्रेज युद्धको सम्झनामा निकालिने श्री रणउजेश्वरी भगवतीको रथयात्राको पूर्णसन्ध्यामा तानसेनमा कर्णेल उजिरसिंह  थापा र राष्ट्रिय स्वाभिमान विषयक विचार गोष्ठी सम्पन्न गरिएको छ । 

तानसेनमा आयोजना भएको गोष्ठीमा ईतिहासविद् निर्मल श्रेष्ठ र साहित्यकार झपेन्द्र जिसिले कर्णेल उजिरसिंह र भगवतीजात्रा राष्ट्रियता सम्बनधमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यपत्रमा निर्मल श्रेष्ठले भगवतीको रथ यात्रा पाल्पालीको मात्र नभएर नेपालको स्वाभिमान जोगाउनका लागि उजिरसिंह थापाले गरेको योगदानको चर्चा र यसलाई राष्टिय पर्वको रुपमा मनाउनुपर्नेमा जोड दिए । उनले श्री ७ रणउजीरेश्वरी भगवती मन्दिरको गुठीलाई व्यवस्थित गर्नुपर्ने र ऐतिहासिक जात्रालाई पाल्पामात्र नभएर देशभरमै विजयको उत्सवको रुपमा मनाउनुपर्ने बताए ।  उजिरसिंह थापाको वीरता, धिरता र रणकौशलको चर्चा गर्दै विजयको प्रतिकको रूपमा भगवती रथयात्रालाई तिनै तहका सरकारले सहयोग गर्नुपर्ने श्रेष्ठले बताए ।

त्यस्तै अर्का कार्यपत्र पस्तुतकर्ता झपेन्द्र जिसीले नेपाल अंग्रेज युद्धमा कर्णेल उजिरसिंह थापाले गरेको योगदानको चर्चा गदै अग्रेजसंगको युद्ध नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनता र स्वाभिमानका लागि रहेको बताए । उनले  उजिरसिंहले गरेको युद्धका कारण अहिले हामी स्वाभिमानकासाथ बाच्न सकेको बताए । 

कार्यक्रममा सहभागिहरुले उजिरसिंहको योगदानको चर्चा मात्र गरेर नपुग्ने भन्दै स्थानीय पाठ्यपुस्तककमा समेट्नुपर्ने बताए । पाल्पालीका मात्रै नभएर सिंगो नेपाल एकिकरणमा मुख्य भुमिका खेल्ने उजिरसिंह थापाले अग्रेजसंगको युद्धमा विजय प्राप्ती गरेको सम्झनामा प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पाको तानसेनमा रहेको श्री रणउजेश्वरी भगवतीको रथयात्रा निकाल्दै आईएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर