नेपाली बजारमा भित्रियो हुण्डाईको 'भेन्यू' , कस्तो छ विशेषता ?

काठमाडौं । हुण्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ मोडलका हुन्डाई भेन्यू गाडी नेपालमा भित्र्याएको छ । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको आयोजनामा भदौ १० देखि हुन लागेको अटो शोको पूर्वसन्ध्यामा प्रालिले नयाँ मोडलका गाडी सार्वजनिक गरेको हो । 

प्रालिले बिहिबार पत्रकार सम्मेलन गरी नयाँ गाडीको विक्रि शुरु भईसकेको पनि जानकारी दिएको छ । प्रालिले भेन्यूको सुरुवाती मूल्य ३४ लाख ९६ हजार देखि ५६ लाख ९६ हजार रुपैयाँसम्म तोकेको छ । साथै दशैंको अवसरमा १ लाख ३० हजार रुपैयाँसम्मको छुट र अन्य आकर्षक उपहार दिने घोषणा गरेको छ । 

भेन्यू तीन इन्जिन अप्सनमा आउने भएको छ । जसमा १.० लिटर टर्बो चार्ज्ड पेट्रोल, १.२ लिटर पेट्रोल र १.४ लिटर डिजल रहेको छ । १.० लिटर टर्बो कप्पा टी–जीडीआई पेट्रोल इन्जिनले १२० पीएसको पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ७ स्पीड अटोमेटीक र म्यानुअल ट्रान्समिशन दिइएको छ । 

भेन्यूको १.२ लिटर पेट्रोल इन्जिनले ८३ पीएसको पावर र ११५ एनएमको टर्क जनेरेट गर्छ । यो इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ । त्यस्तै १.४ लिटर डिजेल इन्जिनले ९० पीएसको पावर २२० एनएमको टर्क जेनेरेट गर्छ  । यसमा ६ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले मुलुकभर रहेका १३ वटा शोरुम र  १७ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर