• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

प्रधानमन्त्रीको स्वास्थ्य कमजोर छदैँ छैन, शुभेच्छा प्रकट गरौं : मन्त्री बाँस्कोटा

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको औषधि फरक चलाइएको बताइएको छ । समयक्रमसंगै अघि बढेको प्रविधिले ल्याएको औषधि परिवर्तन गरिएको जानकारी गराएका हुन् । औषधि विज्ञानमा भएको परिवर्तनसंगै प्रधानमन्त्री ओलीको औषधिपनि परिवर्तन गरिएको उनले जानकारी दिए ।

सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा संचरकर्मीले राखेको प्रधानमन्त्रीको स्वास्थ्यबारे जवाफ दिँदै मन्त्री बाँस्कोटाले सो कुरा बताएका हुन् । उनले भने–‘प्रधानमन्त्रीको स्वास्थ्यको विषयमा सक्कली, नक्कली डेढ अक्कली बहस चलिरहेका छन् ।’

प्रधानमन्त्री ओलीको अन्य थप फलो अप पनि हुने बताए ।

जनताले पत्याएर देशको प्रधानमन्त्री भएको भन्दै उनले पार्टी र अन्य ठाउँबाट शुभेच्छा प्रकट गर्दै थप मजबुत बनाउन शुभकामना दिनपर्ने बताए । ‘प्रधानमन्त्रीको स्वास्थ्य कमजोर त छदैँ छैन, त्यसैले हामीले शुभेच्छा प्रकट गरौं ।’ उनले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर