• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

मन्त्री पुनद्वारा बडकापथ सिंचाई आयोजनाको अवलोकन

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ ले दाङ जिल्लास्थित राप्ती नदिको बडकापथ सिंचाई आयोजनाको अवलोकन गरेका हुन् । उनले निर्माणाधिन नहरको अवलोकन गरेका हुन् । 

बिहीबार गृहजिल्ला रोल्पा जाने क्रममा मन्त्री पुनले त्यहाँको आयोजनाको बारेमा जानकारी लिएका हुन् । उनसंग प्रदेशका मन्त्री तथा अन्य नेता कार्यकर्ताले भेटघाट गरेका थिए । 

साथै, उनले आयोजनाको बारेमा जानकारी लिएको पनि सचिवालयले जानकारी दियो । मन्त्री पुनको सचिवालयका अनुसार उनले उक्त आयोजनाका लागि मन्त्रालयले सकेसम्मको सहयोग गर्नका लािग प्रतिवद्धता पनि जनाएका थिए । 

गृहजिल्ला रोल्पाबाट मन्त्री पुन शनिबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर