हरित प्रदेश अभियान शुक्रबारबाट शुभारम्भ हुने

जनकपुरधाम । प्रदेश दुईलाई हरित प्रदेश बनाउने योजनाका साथ प्रदेश सरकारले ३ लाखभन्दा बढी वृक्षारोपण गर्ने भएको भएको छ । प्रदेश सरकारले ८ वटै जिल्लामा वृक्षारोपण गर्ने भएको हो । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत वर्षदेखि सुरुवात गरेको ‘ हरित प्रदेश अभियान’ अन्तर्गत  अभियानको शुभारम्भ गर्न लागिएको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले पत्रकार सम्मेलनको आयोजना गरेर यस वर्ष हरित प्रदेश अभियानलाई सरकारले गौरवको रुपमा अगाडी बढाउँदै मुख्यमन्त्री लालबाबु राउतको हातबाट वृक्षारोपन गरी अभियान शुभारम्भ गरिने जानकारी दिए । उनले भने, ‘मन्त्रालयले १ सय ९१।२२ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गर्न लागेको हो । यसका लागि शुक्रबार बिधिवत आरम्भ गरिने छ । प्रदेश सरकारले शुक्रबार ३ लाख ६ हजार बोटबिरुवा रोप्ने योजना लिएको मन्त्री यादवले बताए । 

संघ र प्रदेश सरकारको क्षेत्राधिकारको विषयमा बिवादमा रहेको सागरनाथ बन बिकास परियोजनामा हरित अभियानको सुरुवात गर्न लागिएको उनले बताए । संघीय सरकार र प्रदेश सरकार क्षेत्राधिकार बिवादमा सर्वोच्चमा मुद्दा समेत दायर भएको छ । तर अहिले प्रदेश सरकारले सोही क्षेत्रलाई प्रदेश सरकार मातहत रहेकोले सोही स्थानबाट बृक्षारोपन गर्न लागेको हो । मन्त्री यादवले भने, ‘सागरनाथ बनको अतिक्रमण प्रदेश सरकारले हटाउने, वृक्षारोपण गर्ने तर अधिकार संघीय सरकारले खोस्ने प्रवृति ठीक होईन ।’

आर्थिक वर्ष २०७५÷०७६ को सरकारको नीति तथा कार्यक्रम अनुसार हरित प्रदेशको कल्पना सहित हरित नगर, हरित गाउँ, हरित सडक, हरित पोखरी, हरित मन्दिर, हरित खोलानाला सहित कार्यक्रम सञ्चालन गर्न लागिएको उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर