• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

एस जयशंकरको भ्रमण सन्देश इपिजी रिपोर्ट भारतले ग्रहण गर्छ कि गर्दैन भन्नेसंग जोडिन्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय विदेशमन्त्री एस जयशंकरको विदेश भ्रमण नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिनका लागि भएपनि त्यसको प्रभाव बहुआयामिक हुने  बताएका छन् । उनको नेपाल भ्रमण दुई देश बीचको संयन्त्रमा छलफलमा केन्द्रित भएको बताए ।

समाचार दैनिकको स्टुडियोमा बिहीबार दिउँसो कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले विभिन्न व्यापार सम्बन्धमा, उर्जा सम्बन्धमा, पारवहान सम्बन्ध आदि संयन्त्रको ‘अम्ब्रेला सम्मेलन’ नेपाल भारत संयुक्त आयोग भएको बताए । जसको दुई देशका विदेशमन्त्री वा परराष्ट्रमन्त्रीको अध्यक्षतमा आयोजना भएको पनि उनले बताए । 
उनले भने–‘संयुक्त आयोगले दुई पक्षिय सम्बन्धका सबै पाटा पक्षमा, हाम्रा एजेण्डाका छलफलमा पुगेको भन्ने मैले बुझेको छु ।’ जयशंकरको यो भ्रमणसकारात्मक भएको उनले बताए । 

‘नेपाल भारत सम्बन्धको सबै पक्षहरुलाई छलफल गरेर तयार पारेको प्रवुद्द व्यक्तिहरुको प्रतिवेदन छिट्टै बुझ्ने काम भारतीय प्रधानमन्त्रीबाट भयो भने त्यसले नयाँ दिशामा जान खोजेको भन्ने सन्देश दिन्छ ।’ उनले भने–‘हाम्रा तात्कालिन समस्याहरु जुन छ ती विषयहरुमा र नेपाल र भारतको बीचमा भएका सम्झौता र सहमतिको कार्यन्वयनको प्रक्रिया तीव्र भयो भने सकारात्मकतिर गएछ भन्ने बुझ्नुपर्छ ।’ 

नेपालका समस्याहरु समाधानका लागि भारतले पहल गर्यो भने सकारात्मक सन्देश गयो भन्ने बुझ्नपर्ने उनले बताए । उनले भने–‘एस जयशंकर हिजो भारतीय सरकारको परराष्ट्र सचवि हुनुहुन्थ्यो । हिजो भारतीय सरकारको विशेष दूतको रुपमा जे भनेको थियो त्यही लिएर आउनुभएको थियो ।’ अहिले भारत सरकारको पोलिसि के हो भन्ने विषयमा सोच्नपर्ने बताए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले नेपाल सम्बन्धमा कस्तो नीति लिन्छ भन्ने विषयमा जयशंकरको केही हात नहुने उनले कुराकानीको क्रममा तर्क गरे । केही व्यवहारीक अनुभवको कारणले भारतको सरकार पछाडी धकेलिएको भन्दै यो बीचमा आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रक्रियापनि कमी भएको उनले बताए । 

नेता श्रेष्ठले तीन क्षेत्रमा रहेका समस्याहरु, (एक असमान सम्झौताहरुको खारेज र नयाँ सम्झौता, अर्को व्यपारिक पारवहानका सम्झौताहरु, त्यसको कार्यान्वयन र सीमा नाकाका विषयहरु) दुवै देशको हितमा अघि बढाउनपर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर