• मंगलबार ११-१३-२०७६/Tuesday 02-25-2020/ 08:34 pm

रोहिंग्या शरणार्थीले स्वदेश फर्किन मानेनन्

एकनाफ । बंगलादेशमा शरणार्थीको रूपमा बसेका रोहिङ्ग्याहरुलाई स्वदेश फर्काउने पछिल्लो प्रयास असफल भएको छ ।

विभिन्न पाँच बस र दश ट्रकमा झण्डै तीन हजार ५०० शरणार्थीहरुलाई बिहीबार स्वदेश फर्काउने योजना बंगलादेशमा बनाइएको थियो ।

मुस्लीम समुदायको बाहुल्यतासहित झण्डै सात लाख ४० हजार म्यानमारका रोहिङ्ग्या समुदायका बासिन्दा सन् २०१७ देखि बङ्लादेशमा शरणार्थी बन्न बाध्य छन् । उनीहरुलाई स्वदेश फर्काउन बङ्लादेशले पटक पटक प्रयास गरेपनि सुरक्षाको सुनिश्चितता नभएको भन्दै उनीहरुले स्वदेश फर्किन अस्वीकार गर्दै आएका छन् । 

आफुहरूलाई म्यानमारको नागरिकता दिनुपर्ने सुनिश्चितताको सर्त पनि उनीहरुले राखेको समाचारमा जनाइएको छ ।  
  
‘म्यानमार सरकारले हामीलाई लुट्ने छ, हामीलाई मार्ने छ, त्यसैले हामीलाई सुरक्षाको सुनिश्चितता नहुँदासम्म स्वदेश फर्किन सक्दैनौ, हामी जाँदैनौ,’ रोहिंग्या शरणार्थीका नेता नोसिमाले भने । 

अर्का एक शरणार्थी मोहम्मद इस्लामले थपे, ‘हामीलाई सुरक्षा र नागरिकताको सुनिश्चितता गरिनुप¥यो, हामीलाई हाम्रो वास्तविक जग्गाजमिन दिने प्रतिबद्धता आउनु प¥यो ।’ 

यस बारेमा आफुहरु स्वदेश फर्कनु अगाडि म्यानमार सरकारसँग कुरा गर्न चाहेको पनि उनीहरुले बताएका छन् । 

अहिलेको चरणमा ३४ हजार शरणार्थीलाई स्वदेश फर्काउन भन्दै स्थानीय समय अनुसार विहान ९ बजे तेक्नाफ शिविरमा सवारी साधनहरु ल्याइएको थियो । 

तर छ घण्टासम्म पनि सवारी साधनमा बस्न कोही तयार नभएर सवारी साधन खाली नै रहेको थियो भने उनीहरु शुक्रबार फर्किने अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् ।
 
‘हामीले २९५ परिवारसँग अन्तर्वार्ता गरिसकेका छौँ, अहिलेसम्म कसैले पनि स्वदेश फर्किने इच्छा देखाएका छैनन्,’ बंगलादेशका शरणार्थी आयुक्त मोहम्मद अबुल कलामले पत्रकारहरुसँग भने । 

उनले शरणार्थीहरुसँग सरकारी अधिकारीहरुले अन्तर्वार्ता गर्ने कार्यलाई निरन्तरता दिने जानकारी पनि दिए ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अमेरिकासँग साझेदारीका महत्वपूर्ण सवै पक्षमा छलफल भयो : मोदी

  • १३ फाल्गुण, २०७६

नयाँदील्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग साझेदारीका सबै महत्वपूर्ण पक्षका बारेमा छलफल भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका

इरानी स्वास्थ्यमन्त्रीलाई कोरोनाभाइरस सङ्क्रमण

  • १३ फाल्गुण, २०७६

इरान । इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।  इरानका उप–स्वास्थ्य मन्त्रीलाई नयाँ

वाइन्सटिनको अपराधविरूद्धको निर्णयले ‘राम्रा सन्देश’ दिन्छ : ट्रम्प

  • १३ फाल्गुण, २०७६

नयाँदिल्ली । हलिउडका फिल्म निर्माता हार्वे वाइन्स्टाइनलाई बलात्कार र यौन दुव्यवहारका लागि दोषी ठहर गरेको अमेरिकी अदालतको निर्णय महिलाहरूको ‘ठूलो