दिनाभद्री भाषा अभियानी सम्मान पत्रकार झालाई

जनकपुरधाम । जनकपुरधाममा साहित्यकारहरुलाई दिइने विभिन्न प्रतिष्ठित सम्मानहरुको एक समारोहका बीच वितरण गरिएको छ । मैथिली साहित्यकार सभाले आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मानित गरिएको हो । 

सम्मान वितरण समारोहमा दिनाभद्री भाषा अभियानी सम्मानबाट जनकपुरधामका पत्रकार एवं साहित्यकार सुजीतकुमार झालाई सम्मानित गरिएको छ । अन्य सम्मान पाउनेहरुमा वरिष्ठ साहित्यकार रामभरोष कापडिलाई ज्योतिश्वर साहित्य सम्मान, कवि मनोजकुमार सिंहलाई शेखर कवि सम्मान, शंकर ठाकुरलाई पाथेय युवा कवि सम्मान र गायक रामअशिष मण्डललाई सम्मानित गरिएको हो । 

मैथिली साहित्यकार सभाद्वारा आयोजित सो समारोहमा प्रदेश दुईका प्रदेश प्रमुख रत्नेश्वरलाल क्यास्थले साहित्यकारहरुलाई सम्मानित गरेका थिए ।

कार्यक्रममा प्रदेश दुईका प्रदेश प्रमुख रत्नेश्वरलाल क्यास्थ, प्रदेशसभा सदस्यद्वय रामअशिष यादव, परमेश्वर साह, वरिष्ठ पत्रकार राजेश्वर नेपाली, साहित्यकार रोशन जनकपुरी लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर