अस्पतालमा ‘आर्ट थेरापी’ : क्यान्सर पीडित बालबालिकामा छायो खुसी
काठमाडाैं । स्थान : कान्ति बाल अस्पलात, महाराजगञ्ज, काठमाडौं ।
समय : बिहीबार दिउँसो २ बजे ।
करिब १० जना चित्रकारहरु झण्डै १०÷१२ जना बालबालिकासंग अन्तक्रिया गरिरहेका थिए ।
क्यान्सर पीडित बालबालिकाहरुलाई चित्रकलाको माध्यमबाट अस्पतालको शैयामा हुँदापनि आफ्नो घरमै भएको जस्तो अनुभव गराउन चित्रकारहरु तल्लिन देखिन्थे ।
‘आर्ट थेरापी’ को माध्यमबाट बालबालिकामा भएका विभिन्न प्रकारका मनोवैज्ञानिक असर कमी गराउने उनीहरुको उद्देश्य छ ।
आर्ट थेरापी को माध्यमबाट बालबालिकालाई मात्र नभई अभिवावकमा आफ्नो बच्चाको रोगको चिन्ता, त्यसबाट पर्ने मनोवैज्ञानिक असर, आर्थिक व्यवस्थापन जस्ता विषयमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
के हो आर्ट थेरापी ?
आर्ट भनेको चित्रकारिता र थेरापी भनेको उपचार हो । कुनै पनि कुरालाई सकारात्मकतातिर लैजानेलाई थेरापी भनिन्छ । आर्ट थेरापी चित्रलाई आधार बनाएर सकारात्मकतातिर लैजाने प्रक्रिया हो । आर्ट थेरापी कुनैपनि व्यक्तिलाई प्रश्न गरेर अर्थात काउन्सिलिङ गरेर समस्या सोध्ने होइन ।
यसमा कुनै पनि व्यक्तिलाई निश्चित प्रकारका चित्र बनाउन लगाइन्छ । चित्र बनाएर त्यसकोमात्र कुरा गरेर सकारात्मक धारणा ल्याउने प्रक्रिया आर्ट थेरापी हो । जसरी मानिसले प्रश्न सोध्दा त्यसको जवाफ दिन्छ, चित्र बनाउँदा आफूभित्रका समस्या के छ आफै भन्न थाल्ने हुन्छ । अवचेतन मनका कुरा चित्रमार्फत निस्कन्छन् ।
कुनै पनि समस्या अर्कालाई बाँड्नु भयो भने तपाईलाई आनन्द आउछ । आर्ट थेरापी भनेको काउन्सिलिङ जस्तै हो । तपाईसँग इमेजको कुरा गर्दागर्दै ‘हिल’ हुन्छ अर्थात उपचार हुन्छ ।
आर्ट थेरापी पछिको सकारात्मक असर
क्यान्सर जस्तो प्राणघातक रोगको कारण अस्पतालको शैयामा बस्नुपरेका बालबालिकालाई आर्ट थेरापी गराउनाले धेरै कुराहरुको सकारात्मक असर देखिएको अस्पतालकी वार्ड इन्चार्ज निर्मला शाह बताउँछिन् ।
समाचार दैनिकसंगको कुराकानीका क्रममा उनले भनिन्–‘आर्ट थेरापी गराएपछि बालबालिकाहरु प्रायजसो खुसी हुने, दुखेको अनुभव नगर्ने जस्ता राम्रा लक्षणहरु देखिएको छ ।’
बालबालिकालाई अस्पतालमा छु भन्ने अनुभवबाट टाढा गराउन थेरापीले सहयोग गरेको उनले बताइन् । साथै बच्चा खुसी भएपछि अभिभावकहरु खुसी भएको उनले बताइन् ।
उनले भनिन्–‘आर्ट थेरापी एकदमै आवश्यक छ । सरकारले पनि बच्चाहरुका लागि विभिन्न प्रकारका खेल सामाग्री, त्यही प्रकारको वातावरण बनाउन सहयोग गर्नपर्ने देखिन्छ । विशेषतः अन्कोलोजि वार्डका बालबालिकालाई सरकारले गर्न सकरिहेको छैन् । तर, गर्नपर्छ भन्ने लाग्छ ।’
अहिले पनि क्यान्सर भयो भने रोग निको नहुने वा भन्न नहुने प्रकारको मनस्थिति रहेको उल्लेख गर्दै उनले सो मान्यता अब हट्नपर्ने अवस्था रहेको बताइन् । विशेषतः अन्कोलोजि वार्डका बालबालिकाहरलाई सरकारले सहयोग गर्न सकरिहेको छैन् । तर, गर्नपर्छ भन्ने लाग्छ ।अहिले पनि क्यान्सर भयो भने रोग निको नहुने वा भन्न नहुने प्रकारको मनस्थिति रहेको उल्लेख गर्दै उनले सो मान्यता अब हट्नपर्ने अवस्था रहेको बताइन् ।
सिद्धार्थ आर्टस् फाउण्डेसनले संचालन गरेको 'प्रोजेक्ट हेल्थ ट्रान्सफर्म बाइ आर्ट' द्वारा आयोजित २ दिने आर्ट बेस थेरापी कार्यशालामा आर्ट थेरापिष्ट लज्जा दिक्षीत द्वारा करिव १० जना युवा चित्रकारहरु र अन्कोलोजी वार्डका नर्शहरुलाई आर्ट थेरापीको बारेमा जानकारी गराएर उनिहरुलाई अन्कोलोजी वार्डमा उपचारारत क्यान्सर पीडित बालबालिकाहरुलाई विभिन्न कलात्मक अभ्यासहरुमा संलग्न गराईएको थियो ।
यस कार्यशालालाई सूर्य बहादुर फाउण्डेसन द्वारा प्रायोजित गरिएको हो ।
सुर्य बहादुर थापा फाउन्डेशनद्वारा प्रायोजित गरिएको हेल्थ ट्रान्सफर्म बाई आर्ट परियोजना अन्तर्गत दुइ दिने आर्ट बेस थेरापी कार्यशालामा आर्ट थेरापिष्ट श्री लज्जा दिक्षीत द्वारा केही आर्टिस्टहरु र १० जना भन्दा बढी अन्कोलोजी वार्डका नर्सहरुलाई आर्ट थेरापीको बारेमा थोरै जानकारी गराएर यसको अवधारणा सुरु भएको हो । उक्त वार्डमा क्यान्सर भएका बालबालिकाहरुका लागि १० जना कलाकारहरुले काम गरिरहेका छन् । उक्त प्रोजेक्टको नेतृत्व अहिले राजु गिरी र अनुश्री सिंह बिष्टले गरिरहेका छन् ।
थेरापीको उद्देश्य भनेको आर्टलाई कसरी पब्लिकसंग ल्याउन सकिन्छ भन्नु भएको र क्यान्सर पीडित बालबालिकालाई यसले कस्तो असर पर्छ ? वा बच्चाहरुको मनोविज्ञानमा कति परिवर्तन आयो भनेर थाहा पाउनका लागि यो काम अघि बढाइएको गिरि बताउँछन् । हेल्थ ट्रान्सफर्म बाई आर्ट परियोजनाको उद्देश्य भनेको आर्टलाई कसरी पब्लिकसंग ल्याउन सकिन्छ भने हो र तेही उदेशियाका साथ यस आर्ट बेस थेरापी कार्यशाला आयोजित गरिएको हो ।
प्राय जस्तो बिरामी बालबालिकाहरु यस्तो किसिमको कलात्मक वातावारण सिर्जना गर्न सकियो भने उनीहरुको पिडालाइ केहि हद सम्म भए पनि भुलौन सकिन्छ ।
अझ क्यान्सर पीडित बालबालिकाहरु धेरै लामो समय हस्पिटल वार्डमा रहने हुदा थोरै भए पनि यसले कस्तो असर पर्छ < वा बच्चाहरुको मनोविज्ञानमा कति परिवर्तन आयो भनेर थाहा पाउनका लागि पनि यो काम अघि बढाइएको गिरि बताउँछन् ।
फाेटाे तथा भिडियाे ः दिपेन्द्र ढुंगाना/समाचार दैनिक
प्रतिकृया दिनुहोस