• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बाढीकाे पूर्वसूचना मोबाइलमा पाएपछि कन्काई तटीय क्षेत्रका नागरिक खुसी

झापा । ‘हामी त राजमार्गभन्दा धेरै तल कन्काई नदीको नजिकै गाउँमा बस्छौं । नदीमा आएको बाढीले धेरै छिमेकीका घरजग्गा वागएको आफ्नै आँखाले झलझलि देखेका छौं । कति बेला नदीमा बाढी आउँदैछ भन्ने थाहा हुँदैन थियो । यस्तै चरम त्रास भइरहेको अवस्थामा केही बर्षदेखि भने बाढी आउनु अघि नै मोवाइलमा एसएमएस मार्फत पूर्व सूचना आउने गरेको छ । जसले गर्दा सुरक्षित स्थानमा गएर बस्न सक्छौं ।’ झापाको गौरीगञ्ज गाउँपालिका १ धनगाडा निवासी ईश्वरप्रसाद माझीले सुनाए ।

‘म त कन्नकाई नदीमा नै डुङ्गा चलाउने काम गर्छु । धेरै समय नदी भित्र नै बित्छ । नदीमा बाढी आएको कुरा मोबाइलमा एसएमएस आउँछ । एसएमएस नआइन्जेल भने ढुक्कले डुङ्गा चलाउछु’ पूर्वपश्चिम राजमार्ग अन्र्तगत कन्काई नदीको झण्डै २२ किलोमिटर दक्षिणमा बसोवास गर्दै आएका माझीले भने । 

अहिले माझी जस्तै कन्काई नदीको किनारमा बस्ने धेरै बासिन्दालाई बाढी आउने नआउने भन्ने कुरामा कुनै चिन्ता हुन छाडेको छ । बाढी आउनु अघि नै मोबाईलमा एसएमएस आईहाल्छ सोही स्थानका भागलाल राजवंशी बताए ।

उनीहरु जस्तै नदीमा बाढी आएको पूर्व सूचना दिने राडार लेवल सेन्सर मेशिन जडान गरिएपछि झापाको कन्काई नदी प्रभावित क्षेत्रका बासिन्दालाई वरदान सावित भएको छ । पहिला पहिला राती दिउँसो खेतमा काम गर्दै गर्दा आएको बाढीले घरखेत मानिस बगाएर बर्षेनी ठुलो धनजनको क्षति हु्ने गरेको थियो ।

तर पछिल्लो तीन बर्ष यता भने यस्तो समस्या हटेर गएको छ । कन्काई नदीमा झापा र इलामको सीमा क्षेत्रमा पर्ने दोमुखा भन्ने स्थानमा पानीको सतह थाहा पाउने सेन्सर मेशिन तीन बर्ष अघि जडान गरिएको छ ।

यसले पानीको सतहको बढेको तथा भटेको तत्काल सेन्सरमार्फत रेकर्डबक्समा पठाउँछ । रेकर्ड बक्समा आएको रेकर्डलाई यसको प्रत्यक्ष निरिक्षण गरिरहेको काठमाण्डौ स्थित मौसम विज्ञान विभाग वाढी भबिष्यवाणी शाखामा रेकर्ड हुनासाथ डेन्जर र वार्निङ कुन अवस्था देखाएको छ ।

तत्काल प्रभावित क्षेत्रका सर्बसाधारणको एनटिसी र एनसेलका मोवाइल नम्बरमा एकै पटक एसएमएस पठाइने मौषम बिज्ञान बिभाग वाढी भबिष्यवाणी शाखा काठमाडौंका हाइड्रोलोजिस्ट सुनिल पोखरेलले जानकारी दिए । यो नदीबाट प्रभावित हुने झण्डै ४० हजार भन्दा बढी मानिसलाई एकै पटक एसएमएस जाने गर्दछ ।

तराईको भूभाग सुरु हुनुअघिनै दोमुखामा जडान गरिएको मेशिनले देखाउन साथ तत्काल सूचन गर्न सक्दा त्यो भन्दा तल बस्ने मानिसले एक देखि दुई घण्टा अघिनै सुरक्षित क्षेत्रमा जान सक्ने छन् । नदीको बाढी पुग्दा मानिस सुरक्षित स्थानमा गुगिसक्ने भएकाले मानिसलाई बरदान सावित भएको छ । 

यसरी बाढीको समवेदनशील अवस्थाको पूर्व जानकारी दिने यन्त्र बीचमा प्राबिधिक समस्या आउने र बिग्रिएर कहिले वास्तविक नदीको सतहभन्दा बढी वा घटी देखाएउने गरेको छ । प्राविधिक समस्या आएमा काठमाडौदेखि नै प्राविधिक टोली आउनु पर्ने भएकाले केही दिन समस्या हुने गरेको झापाको शिवसतासी नगरपालिका १० दोमुखाकी गेज रिडर बिमला राईले बताइन् ।

यहा दिनमा बिहान दिउँसो र बेल्ुका तीन पटकसम्म नदीको सतहको मापन गर्ने गरिएको छ । यसको रेकर्ड फोनमार्फत समेत काठमाडौमा रिपोर्ट गर्ने गरिएको छ । यसैको आधारमा थप सुरक्षा र सावधान गराइन्छ ।

यदी नदीमा उच्च खतरा देखिने गरि पानीको सतह वढेको भएमा स्थानीय सेना, प्रहरी र रेडक्रस शाखामा समेत एकै पटक एसएमएस मार्फत सूचना जानकारी गराइन्छ । पूर्व सूचना दिने मेशिन राखेपछि त्यो भन्दा तल नदीको आसपास वासोबास गर्ने सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर