• बिहीबार ६-८-२०७७/Thursday 09-24-2020/ 05:24 pm

नोटवन्दीका योजनाकार भाजपा नेता अरुण जेट्ली बच्चालाई गाेजी खर्च पनि चेकबाटै दिन्थे 

एजेन्सी । भारतीय जनता पार्टीका प्रमुख नेता तथा पूर्व अर्थमन्त्री अरुण जेट्लीको शनिवार ६६ वर्षको उमेरमा स्थानियसमय अनुसार मध्यान्ह १२ बजेर ७ मिनेटमा निधन भएको छ । बहुआयामी व्यक्तित्वका धनी जेट्लीलाई भारतले एक कुशल रणनीतिकारको रुपमा सम्झनेछ । 

अरुण जेट्लीको जन्म सन् १९५२ डिसेम्बर २८ का दिन भारतको दिल्लीमा भएको थियो । अरुणको बुबाको नाम महाराज किशन जेट्ली एक वकिल थिए भने आमा रतन प्रभा जेट्ली हुन् । 

जेट्लीले दिल्लीको सेन्ट जेभियर स्कूलबाट स्कूलको पढाई सकाएपछि दिल्ली विश्वविद्यालयको श्री राम कलेज अफ कमर्सबाट स्नातकोत्तर गरे भने दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका थिए । 

प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा वित्तमन्त्री हुँदा अरुण जेट्लीले भारतकै चर्चित कार्यक्रम विशेषगरी नोटवन्दी, जीएसटी र जनधन योजना लागू गराउन महत्वपूर्ण योगदान गरेका थिए । कानुनी झमेला सुल्झाउनुहोस् वा विपक्षीलाई वार गर्नु, अरुण जेट्लीले मोदी र अमित शाहको कवचको भूमिका निभाएका थिए । 

भारतमा मोदी सरकारले गरेको नोटवन्दी कालाधन अर्थात् ब्ल्याक मनीमाथि नियन्त्रण गर्ने उद्धेश्यले लागू गरिएको थियो, जसलाई निक्कै चुनौतीपूर्ण मानिएको थियो । भारतीय सञ्चारमाध्यमलाई मान्ने हो भने जेट्ली आफ्ना दुई बच्चा छोरा रोहन र छोरी सोनालीलाई गाेजी खर्चका लागि चेक नै दिन्थे । 

अरुण जेट्ली रुपैयाँ लेनदेनलाई लिएर सँधै सतर्क रहने गर्थे । नगद नै लेनदेन नहोस् भन्ने उनी चाहान्थे । जहाँ नोटको लेनदेन हुन्छ त्यहाँ कालाधनको कारोबारको सम्भावना बढी हुने उनको मान्यता थियो र उनलाई नोटवन्दीको योजनाकारको रुपमा लिइन्छ । यसको सबैभन्दा ठूलो उदाहरण थियो – उनी आफ्नो सन्तानलाई पकेट खर्च पनि चेकबाटै दिन्थे । 

मोदीको अघिल्लो ५ बर्षे कार्यकालमा कुशलतापूर्वक वित्त मन्त्रालय सम्हालेका जेट्ली मोदीका भरोसायोग्य र विश्वाससिला थिए । स्वास्थ्य राम्रो नभएपछि भने उनले दोस्रो कार्यकालमा मन्त्री बन्न इच्छा जनाएनन् । 

जट्लीको राजनीतिक जीवन सन् १९७४ मा सुरु भयो । उनले त्यही वर्ष दिल्ली विद्यार्थी युनियनको चुनाव जिते । तर, सन्र १९७५ मा आन्दोलनका क्रममा अम्बाला र दिल्ली जेल परे । उनले तिहाडमा पनि १९ महिना जेल जीवन बिताए । 

त्यसपछि, सन् १९७६ मा जेट्ली लोकतान्त्रिक मोर्चाको संयोजक बने । त्यस्तै, सन् १९८० मा भारतीय जनाता पार्टीको सदस्य बनेका थिए । सन् १९८२ मा अरुण जेट्लीले संगीता डोगरासँग विवाह गरेका थिए । 

जेट्लीको निधनमा भारतीय जनता पार्टी सहित अन्य राजनीतिक दलका नेताहरुले शोक व्यक्त गरेका छन् । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले जेट्लीको निधनमा गहिरो शोक व्यक्त गरेका छन्।

मध्यपूर्वका देशहरुको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेटलीको पत्नी र छोरालाई फोन गरेर शोक व्यक्त गरेका छन् । जवाफमा परिवारका सदस्यहरुले विदेशको भ्रमण रोकेन नफर्कन आग्रह गरेका छन् । 

गृहमन्त्री अमीत शाहले जेट्लीको निधनमा शोक व्यक्त गर्दै आफ्नो लागि व्यक्तिगत क्षती भएको जनाएका छन् । रक्षामन्त्री राजनाथ सिंहले सहकर्मी जेट्लीको निधनमा गहिरो शोक व्यक्त गरेका छन् । 

विपक्षी नेतृहरु सोनिया गान्धी, ममता वनर्जीले पनि जेटलीको निधनमा गहिरो शोक प्रकट गरेका छन् । 

शनिवार जेट्लीको पार्थिव शरीर एम्स अस्पतालदेखि कैलाश कोलोनीस्थित उनको घरमा ल्याइएको छ । आइतवार विहान उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि भाजपाको मुख्यालयमा राखिनेछ र त्यसपछि दिल्लीको निगमबोध घाटमा उनको अन्तिम संस्कार गरिने भारतीय जनता पार्टीले जनाएको छ। 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अस्ट्रेलियाको तस्मानियामा कम्तीमा ३८० ह्वेलको मृत्यु

  • ८ असोज, २०७७

एजेन्सी । अस्ट्रेलियाको तास्मानिया टापूमा अलपत्र परेका करिब ४७० ह्वेलमध्ये ३८० को मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अस्ट्रेलियामा अलपत्र

भारतका रेल राज्यमन्त्री अंगडीको कोरोना संक्रमणबाट मृत्यु

  • ८ असोज, २०७७

काठमाडौं । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोना संक्रमणबाट निधन भएको छ। ६५ वर्षका अंगडीको एम्स अस्पतालमा उपचारको क्रममा निधन

भारतमा  संक्रमितको संख्या  ५७ लाख ३० हजार नाघ्यो, ९१ हजार बढीको मृत्यु

  • ८ असोज, २०७७

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या दैनिक तीव्र रुपमा बढीरहेको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा एकैदिन ८९ हजार ६ सय ८८ जना नयाँ