• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

प्रधानमन्त्रीको उपचार लम्बिने

काठमाडाैं । सिंगापुरमा स्वास्थ्यउपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ । प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेको मिगौलामा बढेको एन्टीबडी झार्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो । उनलाई दिन बिराएर सात पटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ ।

प्रधानमन्त्री ओलीलाई पहिलो पटक शुक्रबार प्लाज्मा फेरेसिस गरिएको हो । यही अबस्था रहने हो भने उनको सिंगापुर बसाइ एक महिना लम्बिनसक्ने उनी निकट चिकित्सकको भनाइ छ । 

चिकित्सका अनुसार प्रत्यारोपण गरेको मृगौलाको विरुद्धमा बनेको एन्टिबडी निकाल्ने वा झार्ने प्रक्रियामा प्लाज्मा फेरेसिस उपचार विधि प्रयोग गरिन्छ । नेपाल चिकित्सक संघका महासचिवसमेत रहेका चिकित्सक लोचन कार्कीका अनुसार मिर्गौलालाई कमजोर पार्ने एन्डीबडीसहितको प्लाज्मालाई निकालेर एन्टीबडीरहित ताजा प्लाज्मा फेर्ने उपचार विधिलाई प्लाज्मा फेरेसिस भनिन्छ ।  याे समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर