अमिताभ बच्चनले गरे सम्पतिको खुलासा, मरेपछि कसलाई कतिदिने ?

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन यतिबेला ‘को बन्छ करोडपति’ चलाइ रहेको छन् । उनले ‘को बन्छ करोडपति’को सेटमा आप्mनो सम्पतिको बारेका एक खुलासा गरेका छन् । 

सोनी टिभिमा प्रशारणको तयारीमा रहेको को बन्छ करोड पति  रियालेटी सो सिजन ११ मा शुक्रबार विशेष एपिसोड आएको थियो । जसमा समाज सेविका सिंधुताई सपकाल हटसिटमा आएकी थिइन् । 

सिंधुताई एक अनाथ आश्रम चलाउछिन् । जसमा अहिले सम्म १२ सय बच्चाहरु शरणमा रहेका छन् । कार्यक्रमको क्रममा अमिताभले सिंधुलाई सोधेका छन् । तपाईको आश्रममा केटा केटीको को धेरै रहेको छन् ?

जवाफमा सिंधुताईले बताएकी छन् मेरोमा केटी धेरै रहेका छन्  किन भने म पहिला केटीलाई लिन्छु किन भने उनीहरुलाई सुरक्षा धेरै आवाश्यक पर्छ । अमिताभ एक सानी बच्चीको बारेमा ताईलाइ सोध्छन् –‘ एक सानी बच्ची छ । जसलाई केही मानिसहरुले छोडेर गएका छन् । ’ जवाफमा ताईकी छोरी ममता बताउँछिन् एक दिन एक राति फोन आएको थियो ।

एक छोरी जन्मिकएकी छ तपाई राख्नसक्नु हुन्छ ? नत्र हामी अरु केही सोच्ने छौ । यसो भने पछि ताईले त्यो बच्चीलाई राखिन् । 
ममताले भनिन् जब त्यो बच्ची हामीले पायौँ त्यतिबेला त्यो बच्चीको अवस्था निकै खराब थियो । उसलाई १० दिन सम्म आइसियुमा राखुन परेको थियो । यो कुरा सुनेर अमिताभ निकै भावुक भएका थिए । 

यसै क्रममा अमिताभले भने – जति सम्पति हाम्रो छ । त्यो हाम्रो सन्तानको हो । त्यसलैले म  मरेपछि त्यो सम्पति मेरो एक छोरा र एक छोरीको नाममा आधा –आधा हुने छ । छोरा र छोरीलाई सम्पति बराबर दिनुपर्छ । 
अनिताभ बच्चनसंग करिब ४६० करोड भारु सम्पति छ । यो कुराको खुलासा जया बच्चनको  चुनाब नामंकन पत्रबाट भएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर