• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

ला लिगा : रियल मड्रिड बराबरीमा रोकियो

एजेन्सी । स्पेनी लिग ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड र भाल्लाडोलिडले बराबरी खेलेका छन् । रियलको घरेलु मैदानमा भएको खेलमा रियल बराबरीमा रोकिएको हो । 

दुई टोलीबीचको खेलमा अन्तिम १० मिनेटमा दुवै टोलीले समान १ गोल गरेका हुन् । ८२औं मिनेटमा करिम बेन्जिमाको गोलबाट रियलले अग्रता लिएको हो । तर, भाल्लाडोलिडका सर्जिओ ग्वार्डिओला नाभारोले ८८औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् । 

लिगअन्तर्गत शनिबार राति भएका अन्य खेलमा लेभान्टेले भिल्लारियलमाथि २–१ जित निकालेको छ । त्यस्तै शनिबार नै भएको अर्को खेलमा ओसासुना र एइबारले गोलरहित बराबरी खेलेका छन् भने । त्यस्तै, अर्को खेलमा सेल्टा भिगोले भ्यालेन्सियामाथि १–० को नतिजका पस्किएको छ भने गेटाफे र एटलेटिको बिल्बाओले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । 

लिगअन्तर्गत आज राति ८ः४५ बजे अलाभास र इस्पान्योल तथा आरसिडी मालोर्का तथा रियल सोसिडाडले प्रतिस्पर्धा गर्दै छन् भने १०ः४५ मा लेगानेस र एटलेटिको मड्रिड तथा १२ः४५ मा बार्सिलोना र रियल बेटिसले प्रतिस्पर्धा गर्दै छन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर