बिग बोस  सिजन १३ को टिजर रिलिज, हेर्नुस के छ नयाँ ?

मुम्बई । कलर्स टिभिमा प्रशारण हुनै सबै भन्दा विवादित रियालेटी सो बिग बोस सिजन १३ को टिजर रिलिज भएको छ । टिजरमा सलमान खान स्टेशन म्यानेजरको रुपमा देखिएका छन् । 

यो भन्दा पहिले कलर्सको टुवीटरमा तस्बिर सेयर भएको थियो । टिजरमा सो कहिलेबाट आउाछ त्यो कुराको जानकारी दिइएको छैन् । तर सलमान खानले शाेसंग सम्बन्धित केही कुराहरुको खुलासा गरेका छन् । 

टिजरमा सलमान चलिरहेका ट्रेनमा बसिरहेको देख्न सकिन्छ । ट्रेनको रफतार देख्दा यो पटक सो मा केही नयाँ हुने संकेत देखिएको छ । भिडियोमा भनिएको छ –‘ कृपया ध्यान दिनुस् यो पटक बिग बोसको गाडी हुनेछ सितारा स्पेशल । चार हप्तामा जाने छन् तत्काल फिनालेमा । त्यसपछि सेलिब्रेटिले कुर्ता च्यातेर बनाउनेछन् रुमाल । छिटो आउनुस् नत्र पछुताउँनु हुनेछ । रोक्नुस्–रोक्नुस् भन्नुस भन्न्स् कम सुन यार ।’

के हुने छ खास 
बिग बोस सिजन १३ को यो टिजरमा एक कुराको निश्चत गरिएको छ यो पटक शाेमा सबै सेलिब्रेटीहरुमात्र हुने छन् । खास राजको कुरा भनेको यो पटक चार हप्तामै  फिनालेमा जानेछन् । तर पनि सो निरन्तर चलिरहने छ । सलमान खान ट्रेनकाे स्टेशन म्यानेजरको रुपमा देखिएको देख्दा एक कुराको इसारा गरिरहेको छ की यो पटक बिग बोसको घर विशेष हुनेछ । 

कहिले आउँछ त ?
बिग बोस सिजन १३ कहिले आउँछ भनेर मिति त तय भएको छैन् , तर पनि सोसल मिडियामा  भने २९ सेप्टेम्बरमा आउन सक्ने चर्चा चलिरहेको छ । रिर्पोटका अनुसार यस दिन आउन सक्ने प्रवल सक्भावना रहेको छ  । 

को को आउँछन् त ?
शाेमा आउने सेलिब्रेटीहरुको लिस्ट सार्वजनिक त भएको छैन्  । तर केही सेलिब्रेटीको चर्चा निकै भएको छ । जसमा चंकी पाण्डे, राजपाल यादव,करण पटेल, शिविन नारंग,करण बोहरा, टिना दत्ता, देबलीना, अंकिता लोखंडेको नाम रहेको छ । 

कहाँ बनेको छ सेट 
यो पटक बिग बोस १३ को सेट मुम्बईको फिल्म सिटीमा बनेको छ । हरेक पटकको सो लोनावालामा  सुटिङ भएको छ । यो पटक हरेक हप्ता केही नयाँ हुनेछ । 

 

Get ready to hop on to the #BB13 entertainment express along with @Vivo_India ek dum fatafat! ????#BiggBoss13 Coming soon! @BeingSalmanKhan pic.twitter.com/7wgmsxqKgt

— COLORS (@ColorsTV) August 24, 2019
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर