• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

आत्मनिर्भर बन्न सके मात्र समृद्धि र विकास : मेयर द्वारिकलाल चौधरी

इटहरी । सुनसरीको हाँसपोसास्थित आमा समूहले तिहारमा देउसी–भैलो खेलेर संकलन गरेको रकमबाट महिलालाई आत्मनिर्भर बनाउने तालिम दिएको छ । 

समूहको १६औं वार्षिक उत्सवका प्रमुख अतिथि इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले आमा समूहले देउसी खेलेर संकलन गरेको रकमबाट व्यावसायिक तालिम प्रदान गरेको भन्दै प्रशंसा गरेका छन् । 

मेयर चौधरीले सीपलाई व्यवहारमा उतारेर आयआर्जनमा सक्रिय हुन आग्रह गरेका छन् । गाउँगाउँबाट आत्मनिर्भर बन्न सके मात्र समृद्धि र विकास सम्भव रहेको प्रमुख चौधरीको भनाइ थियो । सरकारी प्रयासले मात्र समृद्धि सम्भव नहुने भन्दै उनले सबै पक्ष हातेमालो गरेर अघि वढन जरुरी रहेकोमा जोड दिए ।

लोकतन्त्र र न्यायका लागि आमा समूहले तिहारमा तीन दिनसम्म देउसी खेलेर संकलन गरेको एक लाख ४५ हजार रकमबाट तालिम दिइएको लोकतन्त्र र न्यायका लागि आमा समूहकी संस्थापक अध्यक्ष कमला खडकाले बताइन् । 

गुडिया, क्रिस्टल र फेव्रिक माला बनाउने तालिम लिएका महिलालाई घरमै ती सामान बनाउने अर्डर आउन थालेको छ । संस्थाको १६औं साधारणसभाका अवसरमा तालिम लिएका महिलालाई प्रमाणपत्र प्रदान गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर