• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

त्रिशूली वाङ्मय प्रतिष्ठानकाे अध्यक्षमा आर एम डङ्गोल

काठमाडाैं । त्रिशूली वाङ्मय प्रतिष्ठानको ११औँ साधारणसभाले कवि आर एम डङ्गोलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नुवाकोटेली साहित्यकारले विसं २०६६ मा स्थापना गरेको सो संस्थाको कार्यसमितिको उपाध्यक्षमा राजेन्द्रमान डङ्गोल, महासचिव श्यामराज पाठक, सचिव राजेन्द्र घिमिरे, कोषाध्यक्ष लक्ष्मी रुम्बा चयन भएका छन् । सदस्यमा वैरागी जेठा, प्रभाती किरण, पुरुषोत्तम रिजाल, भैरवी ढुङ्गाना, उत्तम विचार, सन्तोषी अधिकारी र जय ओझा रहनुभएको छ । संस्थाको सल्लाहकार श्रीहरि फुँयाल, शारदारमण नेपाल र दीपक महत छन् ।

सो संस्थाले हरेक दशैँ अगाडि शारदीय कविता उत्सव, ‘त्रिशूली त्रिवेणी’ पत्रिकाको प्रकाशन, मुलुकको विभिन्न भागमा साहित्यिक यात्रा, जल पर्यटन यात्रा, साहित्य र पर्यटन प्रवद्र्धन आदि गतिविधि गर्दै आएको छ । अध्यक्ष डङ्गोलले आगामी दिनमा ती कामको नियमितताका साथै अक्षयकोष खडा गरी राष्ट्रिय र जिल्लास्तरका एक स्रष्टालाई वार्षिकरूपमा पुरस्कार प्रदान तथा मासिक साहित्यिक परिचर्चाजस्ता गतिविधि गरिने जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर